कोरोनाको खोप ल्याउने सन्दर्भमा डा. भट्टराईले लेखे : सरकार ‘कानमा तेल हालेर’ नसुतोस् ! « Khabarhub

कोरोनाको खोप ल्याउने सन्दर्भमा डा. भट्टराईले लेखे : सरकार ‘कानमा तेल हालेर’ नसुतोस् !


२ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्व प्रधानमन्त्री एवं समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले कोरोनाभाइरसविरुद्ध विकास भइरहेका खोप अंग्रेजी नयाँ वर्षको शुरूमै आउने चर्चा भैरहेको सन्दर्भमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

मंगलबार सामाजिक सञ्जाल ट्वीटरमा सन्देश लेख्दै भट्टराईले मोडेर्ना, फाइजरलगायत कम्पनीले विकास गरेका खोप एक/डेढ महिनामै आउने भन्दै सरकारलाई कानमा तेल हालेर नबस्न सुझाव दिएका हुन् ।

‘​कोरोनाविरूद्धको खोप मोडेर्ना, फाइजर लगायत कम्पनी र रूस,चीन लगायत देशले परीक्षण/विकास गरिरहेको र इस्वी नयाँ वर्ष सँगसँगै बजारमा आइसक्ने चर्चा भैरहँदा हाम्रो सरकार पहिलेझैँ कानमा तेल हालेर नसुतोस्! शुरूमा धनी देशले ओगट्ने हुँदा गरीब देशले WHO मार्फत लिने कि? मु..सक्यो दैलो देख्यो नहोस् !’

कोरोनाविरुद्ध परीक्षणमा रहेका खोप आगामी पुसभित्रै आउने चर्चा छ ।

प्रकाशित मिति : २ मंसिर २०७७, मंगलबार  १० : ३३ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ १ गते बिहीबार तदनुसार

आज २०८२ साल माघ १ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १ गते बिहीबार तदनुसार

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा

यस्तो बन्यो गगन थापा नेतृत्वको कांग्रेस (नामावलीसहित)

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति