के छठपछि काठमाडौं उपत्यकामा ‘लकडाउन’ होला ? « Khabarhub

के छठपछि काठमाडौं उपत्यकामा ‘लकडाउन’ होला ?


२ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा कोरोना भाइरसको संक्रमण दिनानुदिन बढ्दै गएपछि विज्ञहरुले चिन्ता व्यक्त गर्न थालेका छन् ।

जाडोयाम शुरु हुनै लाग्दा कोरोना भाइरस संक्रमण थप फैलिन सक्ने भएकाले पनि सरोकारवालाहरुले कोरोनाको दोस्रो लहर शुरु हुनसक्ने र काठमाडौं उपत्यकामा थप महामारी फैलिन सक्ने बताएका छन् ।

केही साताअघि काठमाडौंका मेयरहरुले छठपछि काठमाडौं उपत्यकाकामा दुई साता कडा लकडाउन गर्न सिफारिस गरेका थिए ।

मेयरहरुले दुई हप्तामा कोरोना भाइरसका संक्रमित आफै निको हुने र थप व्यक्तिमा फैलिन पनि नसक्ने भएकाले लकडाउन गर्न सुझाव दिएका थिए ।

तर, काठमाडौंमा अब लकडाउन गर्दैमा केही नहुने कतिपयको धारणा छ । गृह मन्त्रालयका प्रवक्ताले भने अब काठमाडौंमा लकडाउन गर्ने सम्भावना नभएको बीबीसीलाई बताएका छन् ।

गृहमन्त्री रामबहादुर थापा भने काठमाडौंमा दुई हप्ता लकडाउन गर्ने कुरामा सकारात्मक भएको बताइएको छ ।

काठमाडौं उपत्यकामा संक्रमण दर बढ्दो रहेको भन्दै यसअघि पनि २५ हजार संक्रमित पुगेको खण्डमा लकडाउन गर्न सकिने सुझाव आएको थियो ।

गतहप्ता कोभिड–१९ संकट व्यवस्थान सञ्चालन केन्द्र (सीसीएमसी) को निर्देशक समितिसँग उपत्यकाका सबै मेयरले छठ सकिएपछि लकडाउन गर्न माग दिएका थिए ।

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले भने लकडाउन गर्दैमा स्थिति सहज नहुने र अब लकडाउनको सम्भावना नरहेको बताएका छन् ।

उनले यसअघि पनि लकडाउन भएको र अब फेरि लकडाउन गर्दैमा कोरोनाको भ्याक्सिन नआउने भएकाले लकडाउन नहुने बताए ।

प्रकाशित मिति : २ मंसिर २०७७, मंगलबार  ३ : ५८ बजे

आपत्कालीन ढोका खोलेर जसले बचाए बुद्धको जहाजका ५१ यात्रुको ज्यान

काठमाडौं– झापाको भद्रपुर विमानस्थलमा अवतरणका क्रममा शुक्रबार राति बुद्ध एयरको

जाडोयाममा स्वास्थ्य सतर्कता अपनाउन मन्त्रालयको अपिल

काठमाडौं – जाडोयाम सुरु भएसँगै चिसो, कुहिरो, हिमपात लगायतका कारण

बन्दीपुर भ्रमण वर्षमा साढे छ लाख पर्यटक भित्रिए

तनहुँ – बन्दीपुर भ्रमण वर्ष २०२५ को अवसरमा बन्दीपुरमा छ

बुद्ध एयरका यात्रु अर्जुनधाराका मेयर भन्छन् : दुई जना भाइहरूले ढोका फुटाए, हाम्फालेर बाँच्यौँ

काठमाडौँ । शुक्रबार साँझ काठमाडौँबाट भद्रपुर झापा उडान भरेको बुद्ध