२ लाख नगदसहित सात जुवाडे पक्राउ « Khabarhub

२ लाख नगदसहित सात जुवाडे पक्राउ


२ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धरान– लक्ष्मी पूजाको राति जुवा खेल्दै गरेका सात जनालाई नगदसहित सुनसरी प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सनुसरीका प्रहरी उपरीक्षक कमल थापाका अनुसार पक्राउ पर्नेमा इटहरी–२० का ४१ वर्षीय दिलकुमार पुरी, २९ वर्षीय मुकेश बस्नेत, ४४ वर्षीय नवीन गुरुङ, ३४ वर्षीय धनबहादुर पुरी, ४४ वर्षीय भक्तबहादुर पुरी, ४९ वर्षीय नारायण पुरी, ३१ वर्षीय हरिराम बानियाँ र ३१ वर्षीय विष्णु बाँस्तोला रहेका छन् ।

इटहरी–२० तहरामा रहेको रुद्राक्ष पार्टी प्यालेसमा सोमबार राति २ बजे तास खेलिरहेका अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

उनीहरुको साथबाट तास, रु दुई लाख ८० हजार २५५ बरामद गरिएको उपरीक्षक थापाले जानकारी दिनुभयो । मङ्गलबारसम्म तिहारको बिदा परेकाले बुधबार उनीहरुलाई अदालतमा उपस्थित गराइने जनाइएको छ ।

प्रकाशित मिति : २ मंसिर २०७७, मंगलबार  २ : ३५ बजे

हातहतियार बुझाउन मुस्ताङ प्रशासनको आग्रह

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी

स्रोत नखुलेको नगदसहित एकजना पक्राउ

कैलाली– टिकापुर नगरपालिका-९ खक्रौलाबाट स्रोत नखुलेको नगद ६ लाख रूपैयाँसहित भारत लखिमपुर

करिब १ सय २१ किलो चरेससहित दुईजना पक्राउ

मकवानपुर– थाहा नगरपालिका-१० टौखेलबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ करिब १

सबै समुदायको समन्वयले मात्र राष्ट्रिय एकता सम्भव : प्रदेश प्रमुख खापुङ

काठमाडौं– कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले सबै जातजाति र