गुगल म्यापबाट यसरी खोज्नुहोस् आफ्नो हराएको मोबाइल « Khabarhub

गुगल म्यापबाट यसरी खोज्नुहोस् आफ्नो हराएको मोबाइल


२ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्मार्टफोन हाम्रो जिन्दगीको अहम् हिस्सा बनिसकेको छ । मान्छेले आफ्नो जीवनको आधा हिस्सा मोबाइललाई बनाइसकेका छन् ।

मोबाइल धेरैले प्रयोग गर्दै आए पनि यसको जतन गर्न भने कति चुकेका हुन्छन् । मोबाइल हरायो भने त्यसलाई खोजी गर्न सकिन्छ भन्ने पनि कमैलाई थाहा हुन्छ ।

एप्पल प्रयोगकर्तालाई एप्पलले ‘फाइन्ड माइ फोन’ को सुविधा दिएको हुन्छ । यस्तै एन्ड्रोइडले ‘फाइन्ड योर फोन’ फिचर दिएको हुन्छ ।

यो फिचरलाई सक्रिय बनाउँदा यो फोन भेटिन सक्ने सम्भावना हुन्छ । गुगल म्याप्सको मद्दतबाट आफ्नो फोन कहाँ छ भन्ने थाहा पाउन सकिन्छ ।

लोकेसन ट्रयाक गरेर फोन भेट्याउन तपाईंले खासै केही गर्नु पनि पर्दैन ।

गुगल म्यापको मद्दतबाट हराएको फोन खोजी गर्न सक्नुहुन्छ । यसका लागि तपाईंसँग मोबाइल, ल्यापटप या कम्प्युटर हुनुपर्छ, जसमा इन्टरनेट पनि हुनुपर्छ ।

तपाईंले इन्टरनेट ब्राउजरमा मा जानुपर्ने हुन्छ । त्यसपछि गुगल म्याप खुल्नेछ । त्यसमा तपाईंले गुगल आइडी हान्नुपर्ने हुन्छ । त्यसमा हराएको एन्ड्रोइड फोनमा राखेको गुगल आइडी नै हान्नुपर्ने हुन्छ ।

आइडी ‘साइन इन’ हुनासाथ दायाँतर्फ ३ वटा थोप्लो दिएको हुन्छ । त्यसमा क्लिक गर्नुपर्ने हुन्छ ।

त्यसपछि तपाईं ‘योर टाइमलाइन’ अप्सनमा जानुपर्ने हुन्छ । त्यहाँ तपाईंले वर्ष, महिना र दिन राख्नुपर्ने हुन्छ, जुन दिन तपाईंको मोबाइल हराएको थियो ।

यसका लागि तपाईंले गुगल म्याप एप पनि प्रयोग गर्न सक्नुहुन्छ ।

गुगल म्यापमा पनि तपाईंले हराएको मोबाइलमा राखेको जिमेल खाता नै राख्नुपर्ने हुन्छ ।

हराएको मोबाइलमा लोकेसन फिचर अन हुनासाथ यो फिचरले काम गर्नेछ र तपाईंले आफ्नो फोन कहाँ छ भनेर लोकेसनका आधारमा थाहा पाउनुहुनेछ ।

 

प्रकाशित मिति : २ मंसिर २०७७, मंगलबार  ३ : २४ बजे

फेवाताल छेउछाउका संरचना भत्काइएपछि स्थानीयको बिरोध (तस्बिरहरू)

पोखरा– पोखरा महानगरपालिकाले फेवाताल छेउछाउमा बनाइएका संरचनामा डोजर चलाएपछि स्थानीयवासीले

त्रिभुवन विमानस्थल क्षेत्रबाट यात्रुलाई दुःख दिने १८ जना पक्राउ

काठमाडौँ– प्रहरीले त्रिभुवन विमानस्थल क्षेत्रबाट १८ जनालाई पक्राउ गरेको छ

नर्सरीमा नयाँ पुस्ता, वार्षिक करोडौँको कारोबार

काठमाडौँ– मानिसको जीवनको यात्राले कहिलेकाहीँ यस्तो मोड ल्याउँछ, जहाँ बाटो

ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई घरदैलोमै स्वास्थ्य सेवा

टीकापुर– कैलालीको टीकापुर नगरपालिकाले ज्येष्ठ नागरिक र अपाङ्गता भएका नागरिकलाई

अरुण गोविलले चुरोट तानेको देखेपछि दर्शकको प्रश्न– हामी देवता मान्ने, तिमी चुरोट खाने ?

भारतीय टेलिभिजन इतिहासमा केही यस्ता क्षण छन्, जसले केवल मनोरञ्जन