नेकपा सचिवालय बैठक सार्न ओली पक्षको प्रस्ताव « Khabarhub

नेकपा सचिवालय बैठक सार्न ओली पक्षको प्रस्ताव


२ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको बुधबार बस्ने बैठक केही दिन पछाडि सार्न केपी ओली पक्षले प्रचण्ड-माधव पक्षसँग प्रस्ताव गरेको छ ।

कात्तिक २८ गते सुरु भएको सचिवालय बैठक बुधबार दिउँसो १ बजे बालुवाटारमा बस्ने गरी तय भएको थियो ।

प्रधानमन्त्री ओली पक्षले बुधबारको बैठक केही दिन पछि सार्न कार्यकारी अध्यक्ष प्रचण्डलाई प्रस्ताव गरेको बालुवाटार स्रोतले जानकारी दिएको हो ।

यसैबीच सचिवालय बैठकको पूर्वसन्ध्यामा ओलीपक्षको ‘कोर टीम’बीच मंगलवार बालुवाटारमा भएको छलफलमा नेताहरुले सहमति गरेर मात्र सचिवालय बैठक राख्नुपर्ने सुझाव दिएका छन्।

‘दुइअध्यक्ष मिल्नुको विकल्प छैन, हामीले प्रधानमन्त्रीलाई प्रचण्डसँग सिधै कुरा गर्न र आपसी सहमतिमा बैठक पछि सार्नुको विकल्प छैन भनेर सुझाव दिएका छौं’ एक नेताले भने ।

छलफलमा ओलीसहित महासचिव विष्णु पौडेल, ईश्वर पोखरेल, सुवास नेम्बाङ, पृथ्वी सुब्बा गुरुङ, प्रदीप ज्ञवालीलगायत नेताहरु सहभागी भएको जनाइएको छ ।

ओली पक्षका नेताहरुले प्रचण्डले पेश गरेका प्रस्ताव फिर्ता नगर्दासम्म कुनै कमिटीको बैठक बस्न नसक्ने बताउँदै आएका छन् । ओली पक्षले प्रचण्डको पत्र पार्टीमा छलफल नहुने भन्दै फिर्ता लिन दवाव दिएको छ ।

प्रचण्डसहित माधव नेपाल, झलनाख खनाल, वादेव गौतम र नारायणकाजी श्रेष्ठ समूहले सो पत्र आफूहरुको सामूहिक भन्दै फिर्ता नगर्ने अडान लिएका छन् ।

प्रस्ताव फिर्ता लिनुपर्ने ओलीपक्षको दवाव र फिर्ता नगर्ने प्रचण्ड पक्षको अडानका कारण भोलिका लागि पूर्वनिर्धारित सचिवालय बैठक प्रभावित हुने संकेत देखिएको छ ।

उता प्रचण्ड पक्षले भने बुधबार बैठक बसेर बैठक सार्ने/नसार्ने विषयमा त्यहीँबाट निर्णय गर्नुपर्ने जवाफ दिएको एक नेताले बताए ।

बुधबारको बैठकमा सो प्रस्तावमाथि छलफल हुनुपर्ने प्रचण्ड पक्षको अडान छ । प्रधानमन्त्री ओलीले प्रचण्डको प्रतिवेदनलाई झुठको संज्ञा दिँदै जवाफ नदिने बताएका छन् ।

सचिवालय बैठक बोलाउन मागगर्दै सचिवालयका बहुमत सदस्यले कात्तिक २२ गते लिखित पत्र दिएपछि कात्तिक २८ मा सचिवालय बैठक बसेको थियो । शुक्रवार केहीबेरका लागि बसेर सचिवालय बैठक बुधवार सम्मका लागि स्थगित भएको थियो ।

राजदूत सिफारिश, मन्त्रिपरिषद् विस्तार लगयतका विषयलाई लिएर नेकपामा चुलिएका विवाद प्रचण्डको पत्रसंगै नयाँ चरणमा प्रवेश गरेको छ ।

यो पनि पढौं

सचिवालय बैठक सार्नुपर्ने ओलीको प्रस्ताव लिएर महासचिव पौडेल पुगे खुमलटार

प्रकाशित मिति : २ मंसिर २०७७, मंगलबार  ४ : १८ बजे

टेम्पो भिरमा खसालिएको घटनामा १२ जना वन कर्मचारी प्रहरी नियन्त्रणमा

धनगढी – कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा

देशलाई सुधार गर्ने अनुकूल अवस्था आएको छ, यो अवसर चुकाउनु हुँदैन : गगन थापा

ललितपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशलाई सुधार गर्ने

डोरी नबाँधी बन्जी जम्प गराउँदा २१ वर्षीय युवतीको मृत्यु

काठमाडाैं – ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङका क्रममा भएको

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर

दुई मन्त्रीसँगको फोटो राख्दै बालेनले लेखे– देश बनाउने टोली

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा सार्वजनिक गरेको पछिल्लो