कुन जिल्लामा कति संक्रमित थपिए ? « Khabarhub

कुन जिल्लामा कति संक्रमित थपिए ?


२ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ११ हजार ४ सय ७५ पुगेको छ। गत २४ घण्टामा मात्र ५०२ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश १ को झापामा ६, संखुवासभामा १, सुनसरीमा १ जनामा कोरोना पाइएको छ।

प्रदेश २ को धनुषामा ११, पर्सामा १, बारामा ४, महोत्तरीमा ५, रौतहटमा १ , सप्तरीमा २ , सलार्हीमा २, सिराहमा १ जनामा कोरोना भेटिएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र २ सय ८९ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा ३, चितवनमा १८, धादिङमा ३, भक्तपुरमा १२, मकवानपुरमा १२, रामेछापमा २, ललितपुरमा ३८, सिन्धुलीमा १ र सिन्धुपाल्चोकमा २ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको गोरखामा २, तनहुँमा ३, नवलपरासी पूर्वमा ९, लमजुङमा २, बाग्लुङमा १ र स्याङजामा १ जनामा कोरोना पुष्टि भएको छ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १ , गुल्मीमा २, दाङमा १, नलवपरासीमा ४, पाल्पामा १८, बर्दियामा १, बाँकेमा ४, र रुपन्देहीमा ३६ जनामा कोरोना पाइएको छ।

यस्तै, सुदूरपश्चिमको कञ्चनपुरमा १, र दार्चुलामा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २ मंसिर २०७७, मंगलबार  ५ : २५ बजे

कांग्रेस सभापति गगन थापा र टिमलाई बाबुराम भट्टराईको शुभकामना

काठमाडौं – पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले लोकतान्त्रिक विधिबाट विशेष महाधिवेशन

हाम्रो पाठशालाले गाली गर्न सिकाएको होइन : कांग्रेस नेता भण्डारी

काठमाडौं – कांग्रेस नेता चन्द्र भण्डारीले कांग्रेसको पाठशालाले गाली नगर्न

माघी पर्वले राष्ट्रिय एकतामा योगदान पुर्‍याउने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले माघी पर्वले राष्ट्रिय एकता, धार्मिक

मोरक्को अफ्रिका कपको फाइनलमा : पेनाल्टी सुटआउटमा चुक्यो नाइजेरिया

काठमाडौं – मोरक्को अफ्रिका कप अफ नेसन्सको फाइनल प्रवेश गरेको

आजबाट गोबर गणेश’, ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’ प्रदर्शनमा

काठमाडौं – माघ १ अर्थात् बिहीबारबाट तीन फिल्महरु ‘गोबर गणेश’,