राष्ट्रपतिलाई भेट्न ‘प्रचण्ड’ पुगे शितलनिवास « Khabarhub

राष्ट्रपतिलाई भेट्न ‘प्रचण्ड’ पुगे शितलनिवास


२ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ–  पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटन शितलनिवास पुगेका छन् ।

राष्ट्रपतिलाई भेटन प्रचण्ड साँझ साढे ५ बजे शितलनिवास गएको प्रचण्डको सचिवालयले जानकारी दिएको हो ।

नेकपा विवाद बढेको बेला राष्ट्रपति भण्डारीले केहि दिन पहिले नेकपा उपाध्यक्ष वामदेव गौतमसँग परामर्श गरेकी थिइन् ।

‘राष्ट्रपतिज्यूको निमन्त्रणामा अध्यक्षज्यू शितलनिवास जानुभएको हो’ प्रचण्डको सचिवालय स्रोतले भन्यो ।

भोलि (बुधबार) का लागि बोलाइएको नेकपा सचिवालयको बैठक अध्यक्ष ओली पक्षले केही दिन सार्नुपर्ने प्रस्ताव गरेको छ ।

अर्का अध्यक्ष प्रचण्डलगायत नेताहरुले जसरी भए पनि बैठक बस्नुपर्ने अडान राख्दै आएका छन् ।

प्रचण्डले बुझाएको एकल प्रस्ताव फिर्ता नगरेसम्म ओलीले बैठक सार्ने तयारी गरेका छन् भने प्रचण्ड आफूले पेस गरेको प्रस्ताव फिर्ता नलिने अडानमा छन् ।

 

प्रकाशित मिति : २ मंसिर २०७७, मंगलबार  ५ : ५७ बजे

सिरहा घटनामा मृत्यु भएका गणेश यादवका परिवार र सरकारबीच ८ बुँदे सहमति

सिरहा– सुनसरीको घटनालाई लिएर सिरहाको गोलबजारमा भएको आन्दोलनका क्रममा गोली

बढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– अविरल वर्षा, बाढी तथा पहिरोका कारण देशका विभिन्न जिल्लाका

चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पर्सामा सुरक्षाको प्रभावकारी प्रबन्ध मिलाइनेपर्सामा सुरक्षाको प्रभावकारी प्रबन्ध मिलाइने

विरगन्ज– पर्सा जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाका सबै सुरक्षा निकायले

चिया तथा कफी क्षेत्रको सुधारका लागि कार्यदल गठन

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले चिया तथा कफी