राष्ट्रपति-‘प्रचण्ड’ भेटवार्ता : दुबै अध्यक्षलाई मिलेर जान सुझाव « Khabarhub

राष्ट्रपति-‘प्रचण्ड’ भेटवार्ता : दुबै अध्यक्षलाई मिलेर जान सुझाव


२ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति विद्यादेवी भण्डारीबीच मंगलबार भेटवार्ता भएको छ ।

राष्ट्रपतिलाई भेट्न प्रचण्ड प्रचण्ड साँझ साढे ५ बजे शीतल निवास पुगेका प्रचण्डले त्यहाँ करिब दुई घण्टा बिताएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।

प्रचण्डसँगको भेटमा पनि राष्ट्रपति भण्डारीले मुलुकको समसामयिक विषयका साथै नेकपाभित्रको बढ्दो विवादका बारेमा छलफल गरेकी हुन् ।

‘अध्यक्ष प्रचण्डसँगको करिव २ घण्टाको भेटवार्तामा राष्ट्रपति भण्डारीले सत्तारुढ दलमा बढेको विवादप्रति जिज्ञासा र चासो राख्नु स्वभाविक हो । अध्यक्ष प्रचण्डसँग पनि सोही विषयमा कुराकानी भएको हो’, शीतलनिवास स्रोतले भन्यो, ‘यस्तो बेलामा राष्ट्रपतिको प्रयास भनेको समझदारी निर्माण गर्ने कुरामै हुन्छ सोही अनुसार प्रचण्डसँग पनि भेटवार्ता भएको हो ।’

राष्ट्रपति भण्डारीले अध्यक्ष प्रचण्डसँगको कुराकानीमा पार्टी विभाजन भए प्राप्त उपलव्धिहरु पनि गुम्ने अवस्था आउनसक्ने भन्दै दुबै अध्यक्षलाई मिलेर जान सुझाव दिएकी थिइन् ।

‘राष्ट्रपतिले समसामयिक विषयमा जिज्ञासा र चासो राख्नुभयो । मैले उहाँका कुरा सुनेर फर्किएँ, धेरै बाेलिनँ’, बालुवाटारबाट फर्केपछि आफू निकट नेतालाई प्रचण्डले भेटबारे संक्षिप्त बताएका थिए ।

नेकपा विवाद उत्कर्षमा रहेका बेला कार्यकारी अध्यक्ष प्रचण्ड र भण्डारीबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

यसअघि राष्ट्रपति भण्डारीले अध्यक्ष ओली र महासचिव विष्णु पौडेल तथा उपाध्यक्ष वामदेव गौतमलाई बोलाएर नेकपाको विवादबारे चासो राखेकी थिइन् ।

प्रकाशित मिति : २ मंसिर २०७७, मंगलबार  ९ : २५ बजे

विश्वकपमा जर्मनीको गोल वर्षा, कुरासाओ ७–१ ले पराजित

ह्युस्टन – चार पटकको विश्व च्याम्पियन जर्मनीले फिफा विश्वकप २०२६

टेम्पो भिरमा खसालिएको घटनामा १२ जना वन कर्मचारी प्रहरी नियन्त्रणमा

धनगढी – कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा

देशलाई सुधार गर्ने अनुकूल अवस्था आएको छ, यो अवसर चुकाउनु हुँदैन : गगन थापा

ललितपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशलाई सुधार गर्ने

डोरी नबाँधी बन्जी जम्प गराउँदा २१ वर्षीय युवतीको मृत्यु

काठमाडाैं – ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङका क्रममा भएको

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर