मलेसियाको प्रतिष्ठित कम्पनीका गाडी प्रोटोन नेपाली बजारमा भित्रिँदै « Khabarhub

मलेसियाको प्रतिष्ठित कम्पनीका गाडी प्रोटोन नेपाली बजारमा भित्रिँदै


२ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली बजारमा मलेसियाको प्रतिष्ठित कम्पनी प्रोटोनका गाडी औपचारिक रुपमा भित्रिने तयारीमा रहेको छ ।

यसका लागि काठमाडौंको नक्साल, गैरीधारामा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक सोरुम सञ्चालनको अवस्थामा रहेको कम्पनीले जनाएको छ ।

शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्स प्रोटोनका गाडीको आधिकारिक वितरक नियुक्त भएको छ । जगदम्बा मोटर्सले प्रोटोनको सेल्स, सर्भिस र स्पेयर पार्ट्स उपलब्ध गराउने छ । हाल फेस्टिभल सिजन भएको र यस पश्चात छिट्टै नै सोरुम शुभारम्भ हुने सम्भावना रहेको कम्पनीले जानकारी दिएको छ ।

प्रोटोनको सोरुम आकर्षक स्पेससहित अन्तर्राष्ट्रिय मापदण्ड अनुसार निर्माण भएको छ । यसले नेपाली ग्राहकलाई उत्कृष्ट अनुभव प्रदान गर्नुका साथै एक आकर्षक गन्तव्यको रुपमा समेत आफ्नो पहिचान कायम गर्ने विश्वास गरिएको छ ।

नेपाली बजारमा प्रोटोनको पहिलो उपहारको रुपमा प्रोटोन सागा सेडान उपलब्ध हुनेछ । त्यसपछि अन्य मोडलका सवारी साधन समेत विस्तारै उपलब्ध हुँदै जाने छन् । हाल प्रोटोनका सवारी साधन विश्वका विभिन्न भागमा रुचाइने लोकप्रिय सवारी साधनमा पर्छन् ।

नेपाली ग्राहकलाई पनि प्रोटोनका उत्कृष्ट सवारी साधन आकर्षक सोरुममार्फत उपलब्ध गराउने अपेक्षा गरिएको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २ मंसिर २०७७, मंगलबार  १० : ५० बजे

साताको कार्टुन : कामरेडको म्याजिक नम्बर 

काठमाडौं– यस कार्टुनले अहिलेको राजनीतिक बहसलाई व्यंग्यात्मक रूपमा चित्रण गरेको

सुतिरहेका बेला रुखले किचेर एक किशोरीको मृत्यु

झापा– गए राति हुरीले रुख लडाउँदा हल्दिबारीमा एक किशोरीको घटनास्थलमा

डेडिकेटेड र ट्रंकलाइन महसुल विवाद : आयोगमा चैत १ गते सुनुवाइ हुने

काठमाडौं– विवादित डेडिकेटेड र ट्रंक लाइन महसुल विवादका सम्बन्धमा विद्युत्

धोनीले आईपीएलका सबै खेल खेल्ने

काठमाडौँ – भारतीय क्रिकेटका पूर्वकप्तान महेन्द्रसिंह धोनीले इन्डियन प्रिमियर लिग

जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–९ कोप्चेबाट बराहक्षेत्रसम्म पानीमा सञ्चालन हुने बोट