थाहा पाइराख्नोस किन गन्हाउँछ मुख     « Khabarhub

थाहा पाइराख्नोस किन गन्हाउँछ मुख    


२ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- के तपाईंको मुख गन्हाउने समस्या छ ? त्यसो हो भने सचेत बन्नुहोस् ।

तपाईंलाई कुनै रोग लागेको समेत हुनसक्छ । यदि मुख वा श्वास गन्हाउने समस्या लामो समयसम्म रहिरहेको छ भने शरीरमा कुनै न कुनै समस्या भएको पक्का ठान्नोस् ।

मुख वा श्वास गन्हाउने समस्या लामो समयसम्म रहेमा तल उल्लेखित रोगहरु लाग्ने प्रबल सम्भावना रहेको हुन्छ ।

कस्ता रोग लागेको हुनसक्छ ?

क्यान्सरः लामो समयसम्म धुमपान गर्ने वा सुर्तिजन्य पदार्थ सेवन गर्ने व्यक्तिलाई मुखको क्यान्सर हुने सम्भावना बढी हुन्छ । मुखमा धुमपान वा सुर्ति सेवनवाट क्यान्सर भएको खण्डमा श्वास गन्हाउने समस्या पनि देखिन्छ ।

इनडाइजेशनः शरीरको पाचन क्रियाले राम्ररी काम नगर्दा इनजाइजेशन (अपच) हुने गर्छ । यस्तो अवस्थामा खाएको खानेकुराहरु नपचेर ग्याँसको रुपमा बाहिर आउदा श्वास र मुखमा दुर्गन्ध आउने गर्छ ।

लंग्स इन्फेक्सनः फोक्सोमा कुनै किसिमको खराबी भएमा पनि त्यस्ता ब्यक्तिहरुको श्वास गन्हाउने गर्छ ।

लिवर इन्फेक्सनः कलेजोमा आएको खराबीका कारण खाएको खानेकुरा राम्ररी पच्न पाउदैन । अपच भएको खानेकुरा ग्याँसको रुपमा बाहिर आउने हुदाँ श्वास गन्हाउने समस्या देखिन्छ ।

डायबिटीजः डायबिटीज वा मधुमेहका कारण शरीरको मेटाबोलिकमा बेला बेलामा परिवर्तन आइरहन्छ । जसको कारण श्वास गन्हाउने समस्या देखिन्छ ।

किड्नीमा समस्याः किड्नी वा मृगौलामा कुनै किसिमको समस्या देखियो भने त्यसले शरीरको मेटाबोलिकमा परिवर्तन ल्याउने काम गर्छ । यस्तो अवस्थामा मुख सुख्खा बढी हुन्छ र श्वास गन्हाउन थाल्छ ।

गमको समस्याः दाँत र हड्डीमा देखिने पेरिओडेन्टल रोगलाई गमको समस्या भनिन्छ । यो समस्या भएमा पनि श्वास गन्हाउने गर्छ ।

इन्फेक्सनः उचित तरिकाले दाँतको ब्रस नगर्दा मुखमा किटाणुको संख्या अत्याधिक बढ्ने गर्छ । जसको कारण मुखको इन्फेक्सन भएर श्वास गन्हाउने गर्छ ।

गिजाको समस्याः गिजामा पेरियोडेन्टल समस्या हुदाँ श्वास गन्हाउने गर्छ । पेरियोडेन्टलको समस्या मुखमा रहेको ब्याक्टेरियाले निकाल्ने चिल्लो पदार्थको कारण हुने गर्छ ।

सुख्खा मुखः हाम्रो मुखवाट निस्किरहने र्‍यालले हाम्रो मुखको सफाइ पनि गरिरहेको हुन्छ । यदि मुखवाट निस्किने यस्तो र्‍याल (स्लाइव)को मात्रामा कमी भएमा मुखमा समस्या आउन थाल्छ र श्वास गन्हाउने समस्या देखिन्छ ।- एजेन्सीको सहयोगमा ।

प्रकाशित मिति : २ पुस २०७७, बिहीबार  ५ : ४० बजे

मुलुकको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्र मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको आर्थिक समृद्धिमा गैर आवासीय

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ

काठमाडौं – शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय

पुनः आवागमन रोकेर धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति

काभ्रेपलाञ्चोक – अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डमा पुनः सवारीसाधन आवागमनमा

झापामा घरको छतबाट लडेर एक जनाको मृत्यु, एक घाइते

झापा – भद्रपुर नगरपालिका–६ सङ्गम चोकमा दुईतले पक्की घर भत्काउने

ट्रम्पले भने – हर्मुज जलडमरु खोल्न अमेरिका सक्षम हुँदैछ

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार हर्मुज जलडमरु सम्बन्धी