ला लिगामा बार्सिलोनाको जित « Khabarhub

ला लिगामा बार्सिलोनाको जित


२ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- बार्सिलोनाले स्पेनिस लिगाको शीर्ष स्थानमा रहेको  रियल सोसिडाडलाई पराजित गरेको छ ।

बुधबार राति नाउ क्याम्पमा बार्सिलोनाले ला लिगाको शीर्ष क्लब रियल सोसिडाडलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा रियल सोसिडाडले शीर्ष स्थान गुमाएको छ । सोसिडाड तालिकाको दोस्रो स्थानमा झर्दा बार्सिलोना शीर्ष ५ मा उक्लिन सफल भएको छ ।

खेलमा अग्रता पाहुना टोली सोसिडाडले डी सिल्भाको गोलमा लिएको थियो ।

त्यसको चार मिनेटपछि जोर्डी अल्बाले बार्सिलोनाका लागि बराबरी गोल फर्काए ।

पहिलो हाफ सकिन तीन मिनेटअघि डी जोङले गोल गर्दै बार्सिलोनालाई २–१ ले अघि बढायो । जोङको सोही गोल निर्णायक सावित भयो ।

पछिल्लो समय खराब नजिताले दबाब खेपिरहेको बार्सिलोनालाई सोसिडाडविरुद्धको जितले ठुलो राहत दिएको छ ।

बार्सिलोनाले सोसिडाड सहितका शीर्ष क्लबहरु एट्लेटिको मड्रिड, रियल मड्रिडसंग समेत अंक दूरी घटाएको छ । शीर्ष तीन क्लबको समान २६ अंक छ ।

पाँचौ स्थानको बार्सिलोनाले २० अंक जोडेको छ । पछिल्लो नतिजाले सोसिडाडले लिगमा तीन अंकको अग्रता लिने अवसर गुमाएको छ ।

प्रकाशित मिति : २ पुस २०७७, बिहीबार  ७ : १० बजे

बाढीले बगाएर ल्याएको बालुवा र काठ व्यवस्थापन गर्न मनीष झाको आग्रह

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनीष झाले बाढीपहिरोका क्रममा

पाँचथरबाट आङ्देम्बेसहित चार जना कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचित

पाँचथर – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे पाँचथरबाट पार्टीको

दोधारा–चाँदनी झोलुङ्गे पुलको प्राविधिक अध्ययन सुरु

महेन्द्रनगर– कञ्चनपुरको महाकालीमा नदीमा अवस्थित दोधारा–चाँदनी झोलुङ्गे पुलको पिल्लर भत्किएपछि

इन्जिनियरिङ पृष्ठभूमिका १७ सांसदसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले इन्जिनियरिङ पृष्ठभूमिका १७ जना सांसदसँग बाढीपछिको अवस्था

सरकारले विगतका ठूला भ्रष्टाचार काण्डको सूक्ष्म अनुसन्धान गरिरहेको छ : सचेतक परियार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले वर्तमान