एनआरएनएले ‘घुम्ती रगत संकलन बस’ हस्तान्तरण गर्दै « Khabarhub

एनआरएनएले ‘घुम्ती रगत संकलन बस’ हस्तान्तरण गर्दै


२ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- गैरआवासीय नेपाली संघले शुक्रबार नेपाल रेडक्रस सोसाइटी चितवनलाई ‘एनआरएनए घुम्ती रगत बस’ हस्तान्तरण गर्ने भएको छ ।

संघका अध्यक्ष कुमार पन्तको नेतृत्व तथा सचिव गौरी राज जोशीको संयोजकत्वमा पहलमा सुरु गरिएको यो परियोजना हस्तान्तरण गर्न लागिएको हो ।

नेपाल रेडक्रस सोसाइटी चितवनसँग सहकार्य गरी प्रतिकूल समयमा पनि रगत संकलन गर्नका लागि यो परियोजना सुरु गरिएको संयोजक जोशी बताए ।

यसले विषम परिस्थितिमा पनि रगतको अभाव हुन नदिई संकलन तथा भण्डारण तथा व्यवस्थापनलाई गुणस्तरीय र सर्वसुलभ बनाउन मदत गर्ने विश्वास लिइएको जनाएको छ ।

यस परियोजनाको लागि स्वास्थ्य सामग्रीसहितको सुविधा सम्पन्न बस व्यवस्थापनको सम्झौता भएको थियो । यस परियोजनाको लागि करिब ७६ लाख नेपाली रुपैयाँ संकलन भएकोमा करिब ६१ लाख खर्च हुने भएको छ ।

नेपाल रेडक्रस सोसाईटी चितवन जिल्ला शाखा अन्तर्गत क्षेत्रीय रक्तसंचार सेवा चितवनले स्थापनाकाल देखि नै बिरामीहरुको उपचार र रगत व्यवस्थापनमा अहम् भूमिका निर्वाह गरेकोले एनआरएनले सहकार्य अघि बढाएको पन्तले बताएका छन् ।

विशेषगरी थालासेमिया, हेमोफिलिया, मिर्गौला रोगी, मुटुसम्बन्धि रोगी र अन्य अत्यावश्यक र आकस्मिक रुपमा रगत चाहिनेहरुका लागि यस परियोजनाले राहत प्रदान गर्ने विश्वास लिइएको छ ।

“नेपालीका लागि नेपाली” भन्ने भावनालाई आत्मसात गर्दै गैरआवासीय नेपाली संघले रक्तसञ्चार पद्धति कार्यदल स्थापना गरेको थियो ।

यस कार्यदलले नेपालमा रगत सेवालाई गुणस्तरीय र सर्वसुलभ बनाउनको लागि रक्तसञ्चार क्षेत्रमा विभिन्न कार्यक्रम तथा परियोजनाहरु सञ्चालन गर्दै आएको छ ।

यो परियोजनामा करिब ४०० जना भन्दा बढी गैरआवासीय नेपालीहरुले सहयोग गरेको अध्यक्ष पन्तले बताए ।

प्रकाशित मिति : २ पुस २०७७, बिहीबार  ७ : ५५ बजे

सङ्घीयता नै नागरिकको पहुँचको आधार हो : नेता त्रिपाठी

नवलपरासी (बर्दघाट–सुस्ता–पश्चिम)- जनता प्रगतिशील पार्टी (जप्रपा) नेपालका अध्यक्ष हृदयेश त्रिपाठीले

रिहा हुन रविले रुपन्देही अदालतमा बुझाए ३ करोड ७४ लाखको बैंक ग्यारेन्टी

काठमाडौं- सहकारी ठगीको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

जेलबाट छुट्नेबित्तिकै रवि : यिनीहरूले अन्याय गरे, हिसाब मिलाउन बाँकी छ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने शुक्रबार अपरान्ह

राजनीतिक अस्थिरताका कारण नेपालको सार्वजनिक खर्च प्रणालीमा गम्भीर समस्या देखियो

काठमाडौं– आर्थिक पत्रकार समाज (सेजन) को आयोजनामा सार्वजनिक खर्चको प्रभावकारिता

खानेपानी मन्त्रालयको जिम्मेवारी पनि श्रममन्त्री भण्डारीलाई

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले खानेपानी मन्त्रालयको जिम्मेवारी श्रम, रोजगार तथा