एसियन भलिबल च्याम्पियनसिपमा नेपाली महिला टोली पठाउने निर्णय | Khabarhub Khabarhub

एसियन भलिबल च्याम्पियनसिपमा नेपाली महिला टोली पठाउने निर्णय


२ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल भलिबल संघ (एनभिए) ले २०२१ मा चीनले आयोजना गर्ने एसियन महिला भलिबल च्याम्पियनसिपमा टिम पठाउने भएको छ ।

बुधबार बसेको एनभिएको कार्यसमिति बैठकले सन् २०२१ मा चीनको गोन्जाओ शहरमा एसियन च्याम्पियनसिपमा नेपाली टोलीलाई पठाउने निर्णय गरेको हो । एसियन च्याम्पियनसिप अगष्ट २९ बाट सेप्टेम्बर ५ सम्म चल्नेछ ।

नेपाल भलिबल संघले एसियन च्याम्पियनसिप खेल्ने दाबी सहित एसियाली भलिबल महासंघ (एभीसी)लाई पत्र पठाइसकेको छ ।

च्याम्पियनसिपमा सेन्ट्रल जोनबाट एक देश सहभागी हुने व्यवस्था छ । जसको च्याम्पियन नेपाली टोलीले सहभागिता जनाउन पाउनु पर्ने भन्दै नेपालले दाबी गरेको हो ।

अघिल्लो वर्ष बंगलादेशमा भएको सेन्ट्रल जोनमा नेपाली टोली विजेता बनेको थियो । यस्तै, घरेलु मेदानमा भएको दषिण एसियाली खेलकुदमा नेपालले रजत पदक हात पारेको थियो ।

पछिल्ला दुई प्रतियोगितामा नेपाली टोलीले हात पारेको सफलताले नै एनभिएलाई महिला टोलीलाई च्याम्पियनसिपमा पठाउन दबाब बनेको हो ।

एसियन च्याम्पियनसिपमा सहभागी हुन जनवरी १५ सम्म टिम दर्ता गर्नुपर्ने छ । सोही अनुसार भलिबल संघले नेपाली टिमलाई सहभागी गराउने निर्णय गरेको हो ।

एभिसीले नेपालको दाबी स्वीकार गरेमा नेपालको महिला टिमले अर्को वर्ष एसियन च्याम्पियनसिपमा सहभागीता जनाउनेछ ।

कोरोना भाइरसका कारण घरमा रहेका खेलाडीका लागि भने संघले तत्कालका लागि कुनै निर्णय गरेको छैन ।

महामारी कम नभएको भन्दै संघले खेलाडीलाई बन्द प्रशिक्षणमा डाक्न नसक्ने भन्दै खेलाडीका विषयमा मौन बसेको छ ।

प्रकाशित मिति : २ पुस २०७७, बिहीबार  ८ : ५५ बजे

सञ्चारमाध्यमलाई सञ्चारमन्त्रीले भने- निर्वाचनमैत्री ‘कन्टेन्ट’ लाई प्राथमिकता दिनुस्

काठमाडौं– सरकारले घोषित मितिमै निर्वाचन सम्पन्न गरी मुलुकमा सुशासन कायम

बोर्ड उदार हुँदा ‘रोकिन’बाट जोगियो ‘जेरी अन टप’, ‘कोशेढुंगा’ प्रदर्शनमा प्रतिबन्ध लगाउने निर्णय

काठमाडौं – सेन्सर बोर्डले उदारता देखाउँदा नायक अनमोल केसी स्टारर

आईएफए २०२५ मा एलजीले जित्यो १३ प्रतिष्ठित पुरस्कार

काठमाडौं– एलजी इलेक्ट्रोनिक्सले आईएफए २०२५ मा उत्कृष्ट सफलता हासिल गरेको छ । आईएफए

‘टोकियो सप्ताह’ को तयारी पुरा, पण्डित दिनबन्धु टोकियोमा

टोकियो– आगामी साता यहाँ हुन लागेको ‘टोकियो सप्ताह-२०२५’ को तयारी

पक्राउ परे सिंहदरबार र संसद् भवन आगजनीमा संलग्न एक युवक

काठमाडौं- गत भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा सिंहदरबार परिसरमा