एसियन भलिबल च्याम्पियनसिपमा नेपाली महिला टोली पठाउने निर्णय « Khabarhub

एसियन भलिबल च्याम्पियनसिपमा नेपाली महिला टोली पठाउने निर्णय


२ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल भलिबल संघ (एनभिए) ले २०२१ मा चीनले आयोजना गर्ने एसियन महिला भलिबल च्याम्पियनसिपमा टिम पठाउने भएको छ ।

बुधबार बसेको एनभिएको कार्यसमिति बैठकले सन् २०२१ मा चीनको गोन्जाओ शहरमा एसियन च्याम्पियनसिपमा नेपाली टोलीलाई पठाउने निर्णय गरेको हो । एसियन च्याम्पियनसिप अगष्ट २९ बाट सेप्टेम्बर ५ सम्म चल्नेछ ।

नेपाल भलिबल संघले एसियन च्याम्पियनसिप खेल्ने दाबी सहित एसियाली भलिबल महासंघ (एभीसी)लाई पत्र पठाइसकेको छ ।

च्याम्पियनसिपमा सेन्ट्रल जोनबाट एक देश सहभागी हुने व्यवस्था छ । जसको च्याम्पियन नेपाली टोलीले सहभागिता जनाउन पाउनु पर्ने भन्दै नेपालले दाबी गरेको हो ।

अघिल्लो वर्ष बंगलादेशमा भएको सेन्ट्रल जोनमा नेपाली टोली विजेता बनेको थियो । यस्तै, घरेलु मेदानमा भएको दषिण एसियाली खेलकुदमा नेपालले रजत पदक हात पारेको थियो ।

पछिल्ला दुई प्रतियोगितामा नेपाली टोलीले हात पारेको सफलताले नै एनभिएलाई महिला टोलीलाई च्याम्पियनसिपमा पठाउन दबाब बनेको हो ।

एसियन च्याम्पियनसिपमा सहभागी हुन जनवरी १५ सम्म टिम दर्ता गर्नुपर्ने छ । सोही अनुसार भलिबल संघले नेपाली टिमलाई सहभागी गराउने निर्णय गरेको हो ।

एभिसीले नेपालको दाबी स्वीकार गरेमा नेपालको महिला टिमले अर्को वर्ष एसियन च्याम्पियनसिपमा सहभागीता जनाउनेछ ।

कोरोना भाइरसका कारण घरमा रहेका खेलाडीका लागि भने संघले तत्कालका लागि कुनै निर्णय गरेको छैन ।

महामारी कम नभएको भन्दै संघले खेलाडीलाई बन्द प्रशिक्षणमा डाक्न नसक्ने भन्दै खेलाडीका विषयमा मौन बसेको छ ।

प्रकाशित मिति : २ पुस २०७७, बिहीबार  ८ : ५५ बजे

‘मोबाइल फोन प्रसारण प्रणाली’मार्फत विपद्को पूर्वसूचना दिने तयारी

काठमाडौं – सरकारले विपद्को पूर्वचेतावनीसहित आवश्यक सूचनालाई अझ प्रभावकारी र

सरकारको निर्णय कार्यान्वयनमा : सांसदहरूले स्वकीय सचिव राख्न पाउने

काठमाडौं – संघीय संसद्का सांसदहरूले पुनः स्वकीय सचिव नियुक्त गर्न

साउनको पहिलो सोमबारः पशुपतिनाथमा पूजा, आराधना गर्नेको घुइँचो

काठमाडौं – यस वर्षको साउनको पहिलो सोमबार आज पशुपतिनाथ मूल

यो वर्ष नयाँ कर्मचारी भर्ना नगर्ने सरकारको निर्णय

काठमाडौं – सरकारले नयाँ सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणअनुसार स्वीकृत दरबन्दीमा