९ महिनामा आजबाट नेपाल-भारत नियमित हवाई उडान « Khabarhub

९ महिनामा आजबाट नेपाल-भारत नियमित हवाई उडान


२ पुस २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोरोना भाइरसको महामारीपछि बन्द भएको नेपाल-भारत हवाई उडान ९ महिनामा आज सुरू हुँदैछ ।

कोभिड-१९ का कारण बन्द रहेको हवाई उडान एयर बबल ट्राभल सम्झौताका आधारमा खोल्न दुवै देश सहमत भएपछि आज नेपाल एयरलाइन्सले दिल्लीका लागि पहिलो उडान गर्दैछ ।

नेपाल एयरलाइन्सले साढे ११ बजे दिल्लीका लागि उडान गरे पनि एयर इण्डियाले भने डिसेम्बर २७ बाट मात्रै उडान गर्ने नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले खबरहबलाई  जानकारी दिए ।

‘९ महिनामा नेपाल-भारत नियमित उडान हुँदैछ, यात्राका लागि कुनै रोकटोक छैन तर पीसीआर रिपोर्ट अनिवार्य गरिएको छ,’ उनले भने । यात्रु संख्यामा पनि कुनै सीमा नतोकिएको उनले जनाए ।

नेपालले डेढ साता अघि पठाएको सम्झौताको भारतले बिहीबार जवाफ पठाउँदै पुस २ गतेदेखि उडान थाल्ने जानकारी दिएको थियो । भारतले भदौ ७ गते नेपाललाई एयर बबल ट्राभल सम्झौताका लागि नेपाललाई प्रस्ताव पठाएको थियो ।

भारतले अहिले २१ वटा मुलुकसँग ‘एयर ट्राभल बबल’ अन्तर्गत २१ मुलुकसँग दुईपक्षीय उडान सम्झौता गरिसकेको छ।

हाललाई नेपाल एयरलाइन्स र एयर इण्डियाका दुई वटा नियमित उडान हुनेछन् । केही समयपछि उडान संख्या बढाउँदै लाने तयारीसमेत भएको उनले जनाए ।

दिल्ली-काठमाडौँ नियमित उडान नहुँदा उपचार, अध्ययन, व्यापारका लागि आउजाउ गर्न अप्ठ्यारो हुँदै आएको थियो ।

प्रकाशित मिति : २ पुस २०७७, बिहिबार  ९ : १२ बजे

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको