एनसेलले ल्यायो ‘एनसेल जबसप’, रोजगारी खोज्ने र प्रदान गर्नेलाई प्लेटफर्म « Khabarhub

एनसेलले ल्यायो ‘एनसेल जबसप’, रोजगारी खोज्ने र प्रदान गर्नेलाई प्लेटफर्म


२ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एनसेलका ग्राहकले अब आन्तरिक श्रम बजारमा उपलब्ध रोजगारीका अवसर वा आफुलाई आवश्यक परेको जनशक्ति सजिलै खोज्न सक्नेछन् । एनसेल आजियाटा लिमिटेडले नयाँ सेवा ‘एनसेल जबसप’ शुरु गरेको छ । यो सेवाले रोजगारी खोज्ने र प्रदान गर्ने दुवै पक्षलाई एकै भर्चुअल प्लेटफर्ममा भेटाउने काम गर्दछ ।

एनसेलले आफ्नो हाल संचालनमा रहेको अभियान ‘अनपज’ अन्तर्गत यो सेवा संचालनमा ल्याएको हो । यो अभियानले हालको विषम् परिस्थितीमा भविष्यको पुर्नविचार गर्दै अघि बढ्न अभिप्रेरित गर्ने उदेश्य लिएको छ ।

एनसेलका चीफ कमर्शसियल अफिसर प्रदीप श्रीवास्तवले भने, “कोभिड–१९ महामारीले गर्दा धेरैले रोजगारी गुमाउनु परेको छ । भर्चुअल रुपमा सम्पर्कमा रहन सकिने विकासले गर्दा अहिलेको अवस्थामा पनि अनलाइन नेटवर्कमार्फत एक अर्कासँग सम्पर्क स्थापित गर्न सकिने भएको छ ।

कार्यस्थल भन्दा टाढै बसेर पनि काम गर्ने र रोजगारीका अवसरहरु खोज्ने प्रवृतिमा बढिरहेको बेलामा कामको खोजिमा रहेका व्यक्तिलाई सिधै रोजगारदातासँग जोड्ने यो नवीन सेवा ल्याउन पाएकोमा हामी हर्षित छौं । अर्थतन्त्रमा विस्तारै सुधार हुन थालेको बेलामा यो एनसेल जबसपले विषम परिस्थितीका बेला काम गुमाएकालाई विभिन्न रोजगारीका अवसरसँग जोड्ने अवसर प्रदान गर्दछ । कामको खोजीमा रहेका र रोजगारदाता दुवै पक्षलाई एकै ठाउँमा भेट गराउने यो सेवाले ठूलो महत्वराख्ने विश्वास लिएका छौं ।”

महामारीको सबै क्षेत्रमा प्रभाव र धेरैले रोजगारीबाट बन्चित रहनु परेको बेलामा एनसेल जबसप रोजगारीका अवसरको खोजिमा रहेका र आफ्नो कामका लागि जनशक्ति खोजि रहेकाहरुलाई एक उत्तम सेवा हुने विश्वास छ । हालको शुरुवाती अवस्थामा शारिरीक रुपमा काम गर्ने श्रमिक/कामदार र यस्ता जनशक्ति चाहनेले यो सेवा आफ्नै मोबाइलबाट लिन सक्नेछन् ।

कामको खोजिमा रहेका व्यक्ति र काम दिने व्यक्तिको आवश्यकताबीच प्रत्येक पटक मेल खाएपछि दुवै पक्षलाई एसएमएस मार्फत सन्देश प्राप्त हुन्छ । एनसेलको सेवा प्रयोग गर्ने र कामको खोजिमा रहेका जो कोही श्रमिक वा कामदारले रोजगारी खोजिरहेको व्यक्तिका रुपमा यो सेवा सुचारु गर्न सक्छन् ।

सर्वप्रथम आफुले खोजिरहेको काम र आफ्नो दक्षता अनुसार प्रोफाइल बनाएर यो सेवा सुचारु गनुपर्ने हुन्छ । कामदार खोजि रहेका व्यक्तिले पनि आफ्नो आवश्यकता खुलाई प्रोफाइल बनाउनु पर्नेहुन्छ । जब–जब काम खोज्ने र कामदार खोज्नेको आवश्यकता सम्बन्धी पोस्ट मेल खान्छ तब एसएमएसमार्फत दैनिक रुपमा दुवै पक्षलाई यो सम्बन्धी जानकारी जान्छ ।

यो सेवा लिन इच्छुक ग्राहकले एस्ट्रिक्स १७१३७ ह्यास डायल गरी वा एनसेलजबसप डट कम वेबसाइटमा गई दिइएको निर्देशन अनुसार कामदार वा काम दिने व्यक्तिले आफ्नो आवश्यकता अनुसार यो सेवा सुचारु गर्न सक्नेछन् । काम दिने व्यक्ति वा रोजगारदाताको लागि एउटा आवश्यकता पोस्ट गर्न कर सहित रु ६.३८ लाग्छ र एक पटक पोस्ट गरेको कामको विवरण एक हप्ता सम्म रहनेछ ।

त्यसैगरी कामको खोजिमा रहेका ग्राहकले ३ दिन, ७ दिन, १ महिना, ६ महिना वा वार्षिक गरी विभिन्न समयसिमामा रहेर यो सेवा सुचारु गर्न सक्नेछन् । कामको खोजिमा रहेका व्यक्तिले कर सहित रु ३.८३ मा ३ दिनको प्याक खरिद गर्न सक्नेछन् र त्यसै अनुसार प्याकको समयसिमा भित्र उक्त कामदारको प्रोफाइल सक्रिय रहनेछ ।

ग्राहकले करसहित रु ८.९४ मा ७ दिनको र कर सहित रु ३८.३१ मा ३० दिनको समयसिमा रहेको प्याक सुचारु गर्न सक्नेछन् । अलि धेरै समयको लागि आफ्नो प्रोफाइल सक्रिय राख्न चाहने ग्राहकले ६ महिना र १२ महिना समयसिमा रहेको प्याक कर सहित मात्र रु १५३.२२ र २२९.८४ मा सुचारु गर्न सक्नेछन् ।

यहि अनपज अभियान अन्तर्गत एनसेलले यो भन्दा अगाडि महिलावर्गलाई लक्षित गर्दै आकर्षक गो सिम योजना ल्याएको थियो । यस अभियान अन्तर्गत एनसेलले आउने दिनहरुमा पनि ग्राहकहरुका लागि विभिन्न सेवा सुविधाहरु ल्याउनेछ ।

प्रकाशित मिति : २ पुस २०७७, बिहीबार  ११ : २२ बजे

सुदूरपश्चिम विश्वविद्यालयमा प्रवेश परीक्षा दिन गएका विद्यार्थीको मृत्यु

महेन्द्रनगर– कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको व्यवस्थापन संकायको छतबाट हाम फालेर

ब्रोड पिकमा उद्धार अभियान जारी, ड्रोनले थप शव देखेको दाबी

पाकिस्तान-पाकिस्तानस्थित विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिक (८,०४७ मिटर) मा

खजुरा क्यान्सर अस्पतालका ४४ उपकरण मर्मत

 नेपालगञ्ज– बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा लामो समयदेखि

एलपी ग्यास अभावपछि निगमको टेकु कार्यालयबाट बिक्री सुरु

काठमाडौं– एलपी ग्यासको अभाव देखिएपछि नेपाल आयल निगमले टेकुस्थित कार्यालयबाट

राहदानी आवेदन फाराम सोमबारसम्म खुला, तोकिएको समयमै उपस्थित हुन विभागको आग्रह

काठमाडौं– राहदानी विभागले सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै राहदानी आवेदन फाराम