युट्युबको ट्रेन्डिङ एकमा ‘दाल भात तरकारी’, कमेन्ट सेक्सन अफ ! « Khabarhub

युट्युबको ट्रेन्डिङ एकमा ‘दाल भात तरकारी’, कमेन्ट सेक्सन अफ !


२ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एक हप्ताअघि रिलिज गरिएको फिल्म ‘दाल भात तरकारी’ युट्युबको ट्रेन्डिङ नम्बर एकमा उक्लेको छ ।

मह सञ्चारको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको फिल्म दर्शकले युट्युबमा हेरेका छन् ।

तर, निर्माण टिमले युट्युबमा दर्शकलाई कमेन्ट गर्न नमिल्ने बनाएको छ । हलमा रिलिज हुँदा पनि दर्शक र समीक्षकबाट ज्यादै नकारात्मक प्रतिक्रिया पाएको यो फिल्मलाई युटयुबमा कमेन्ट गर्न नमिल्ने बनाइएको हो ।

हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, निरुता सिंह, राजाराम पौडेल, वर्षा राउत, पुष्प खड्का, आँचल शर्मा, प्रियंका कार्की लगायतका कलाकारको अभिनय रहेको यो फिल्म कमेडी विधामा निर्माण गरिएको छ ।

फिल्ममा भद्दा मजाक र लाउड अभिनय भएको भन्दै हरिवंश आचार्य र निरुता सिंहले गरेको अभिनयको टिप्पणी गरिएको थियो । हलमा रिलिज हुँदा नै नकारात्मक प्रतिक्रिया आएकाले मह टिमले कमेन्ट नै हटाएको हुनसक्ने आँकलन गरिएको छ ।

यो समाचार तयार पार्दासम्म फिल्मलाई २२ लाख ५८ हजारभन्दा बढीले हेरेका छन् ।

फिल्मलाई सुदन केसीले निर्देशन गरेका हुन् । रमिला आचार्य, नरेन्द्र कंसाकार, यमन श्रेष्ठ र सुदन केसीले फिल्म निर्माण गरेका हुन् ।

दीर्घ गुरुङको छायांकन रहेको यो फिल्मलाई मित्र डी गुरुङले सम्पादन गरेका छन् ।

प्रकाशित मिति : २ पुस २०७७, बिहीबार  १ : ३५ बजे

जी-७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

एजेन्सी– विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण

जापानीज इन्सेफलाइटिसबाट १३१ जना सङ्क्रमित, २८ जनाको मृत्यु

काठमाडौं- नेपालमा सन् २०२६ मा हालसम्म जापानीज इन्सेफलाइटिस (जेई) बाट १३१

म्याक्स टाइगरको ‘दशैँ धमाका’ : ३६ जनाले यामाहा र एक जनाले प्रोटोन कार जित्ने अवसर

ललितपुर-  म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैँ लक्षित ‘दशैँ धमाका २०२६’

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु