सरकारी सुविधा लिनेको सामाजिक सुरक्षा भत्ता रोक्न गृहको पत्राचार « Khabarhub

सरकारी सुविधा लिनेको सामाजिक सुरक्षा भत्ता रोक्न गृहको पत्राचार


२ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकार र सरकारी स्वामित्वका संघसस्थाबाट सुविधा लिनेको सामाजिक सुरक्षा भत्ता रोक्न गृह मन्त्रालयले पत्राचार गरेको छ ।

देशभरका स्थानीय तहहरूलाई परिपत्र गर्दै गृहले सामाजिक सुरक्षा भत्ता रोक्न निर्देशन दिएको हो।

गृहले जारी गरेको परिपत्रमा भनिएको छ, ‘नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह अथवा यिनीहरूको पूर्ण वा आंशिक स्वामित्व रहेको कुनैपनि संस्थाबाट नियमित तलब, पेन्सन, अवकाश सुविधा अथवा अन्य सुविधाहरु पाइरहेका व्यक्तिलाई दिइँदै आएको सामाजिक सुरक्षा भत्ता रोक्नू ।’

सरकारले यसअघि नै सरकारी सुविधा लिइरहेकाहरुको दोहोरो सुविधा रोक्ने निर्णय लिइसकेको थियो। तर अझै पनि सरकारी सुविधा लिनेहरूले दोहोरो सुविधा उपभोग गरिरहेको गुनासो आएपछि गृहले यस्तो परिपत्र गरेको हो।

प्रकाशित मिति : २ पुस २०७७, बिहीबार  ३ : ०१ बजे

पूर्वाधार विकासमा फड्को मार्न एकीकृत ‘छाता कानुन’ र ७ प्रतिशतको आर्थिक वृद्धि : मेरो कार्यदिशा

म अर्थमन्त्रीको जिम्मेवारीमा आएको आधा घण्टाभित्रै १५ वटा पुराना ऐनहरू

लोकप्रियताको शिखर चढिरहेकी आरती

काठमाडौं- कर्णाली प्रदेशको दुर्गम जिल्ला हुम्लाबाट मोडलिङ तथा कलाकारितालाई आफ्नो

मतदाता सूची विवादमा कक्रोच आन्दोलन

नयाँदिल्ली– भारतको ‘कक्रोच’ युवा आन्दोलनले विवादास्पद मतदाता सूची संशोधनको विरोध

न्याय सेवा आयोगले गर्‍यो ५२ कर्मचारीको सरुवा तथा पदस्थापन

काठमाडौं– न्याय सेवा आयोगले नेपाल न्याय सेवाका विभिन्न श्रेणीका अधिकृत

जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा