अबको चुनौती लोकतान्त्रिक गणतन्त्रको रक्षा : गुरुङ « Khabarhub

अबको चुनौती लोकतान्त्रिक गणतन्त्रको रक्षा : गुरुङ


२ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका प्रमुख सचेतक देव गुरुङले लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नुपर्ने चुनौती रहेको बताएका छन ।

बिहीबार बिहान भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै गुरुङले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको कोणबाट हेर्दा राष्ट्रिय स्वाधीनतामाथि गम्भीर समस्या पैदा भएको बताए ।

उनले कस्ता चुनौती र समस्या पैदा भएको भन्नेबारे थप केही प्रष्ट पारेनन् ।

गुरुङले प्राप्त लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नुपर्ने चुनौती सामना गर्नुपर्ने पनि बताए । अहिले देखिएका समस्याहरू लोकतान्त्रिक विधिबाट हल गर्न सकिने उनको भनाइ छ ।

उनले आफ्नो पार्टीको समस्याप्रति संकेत गर्दै भने ‘अहिले राजनीतिक र वैचारिक समस्याहरू छन, ती समस्या समाधान गर्न छलफल, बहस र अन्तरक्रिया चलेका छन्, यसलाई नकारात्मक नभई सकारात्मक रुपमा लिनुपर्छ ।’

मुलुकमा देखा परेका समस्या समाधानका लागि जनता पनि एकताबद्ध भई अगाडि बढ्नु पर्ने उनले बताए । कतिपय विषयहरू पार्टी पंक्तिबाट निकास हुन नसकेको अवस्थामा त्यसबारेमा सार्वजनिक रुपमा छलफल पनि हुनेको भनाइ छ ।

गुरुङले भने, ‘अहिलेको बहस भनेकै हामी लोकतान्त्रिक बाटोबाट जान्छौँ कि भिन्न मतलाई निषेध गरेर एकाधिकार सोच र चिन्तनबाट जान्छौं भन्ने हो, ।’

कम्युनिष्ट पार्टीभित्र बहस र छलफल चलिरहने र लोकतान्त्रिक विधिबाट अगाडि बढे छिटो सकारात्मक परिणाम निस्कने उनको भनाइ छ । एक अर्कालाई निषेध गर्ने बाटोले नकारात्मक परिणाम ल्याउने उनले बताए ।

प्रकाशित मिति : २ पुस २०७७, बिहीबार  ३ : २३ बजे

जेनजी आन्दोलनमा घाइते पत्रकार सम्मानित

काठमाडौं – सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारहरूलाई नगदसहित

मधेस प्रदेशका ७२ जना कर्मचारी कारबाहीमा

जनकपुरधाम – मधेस प्रदेश सरकारअन्तर्गत धनुषा जिल्लामा रहेका कार्यालयको छड्के

डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल

ललितपुर – नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री

फेरि पक्राउ परे सेयर कारोबारी दीपेन्द्र अग्रवाल

काठमाडौं- सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ परेका छन् ।