अमेरिकामा निजी जहाज उडानका क्रममा दुर्घटनाग्रस्त, आपतकालीन टोली सक्रिय « Khabarhub

अमेरिकामा निजी जहाज उडानका क्रममा दुर्घटनाग्रस्त, आपतकालीन टोली सक्रिय


१२ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकाको माइन राज्यको ब्यान्गोर अन्तर्राष्ट्रिय विमानस्थलबाट टेकअफ गर्ने क्रममा आठ जना यात्रु बोकेको निजी जहाज दुर्घटनाग्रस्त भएको सङ्घीय विमान प्रशासनले जनाएको छ ।

सङ्घीय विमान प्रशासनका अनुसार, जहाज आइतबार राति करिब ७ः४५ बजे दुर्घटनाग्रस्त भएको हो । जहाजमा सवारहरूको स्वास्थ्य अवस्थाबारे अहिलेसम्म कुनै जानकारी आएको छैन । सङ्घीय विमान प्रशासन र राष्ट्रिय यातायात सुरक्षा बोर्डले घटनाको अनुसन्धान गरिरहेका छन् ।

उक्त दुर्घटना ठूलो हिउँदको आँधी–तुफानको समयमा भएको हो । ब्यान्गोरमा आइतबार लगातार हिउँ परेको थियो र देशका धेरै भागहरूमा मौसम अत्यन्तै खराब थियो । विमानस्थलले आपतकालीन टोलीलाई घटनास्थलमा पठाएको थियो र घटनापछि विमानस्थल बन्द गरिएको थियो ।

ब्यान्गोर अन्तर्राष्ट्रिय विमानस्थलले ओरल्यान्डो, वासिङ्टन र चार्लोट जस्ता शहरमा प्रत्यक्ष उडान सेवा दिन्छ । ब्यान्गोर, बोस्टनदेखि करिब ३२० किलोमिटर उत्तरमा अवस्थित छ ।

देशका पूर्वी भागहरूमा परेको भारी तुफानका कारण सवारी र हवाई यातायात अत्यधिक प्रभावित भएको छ । आइतबार करिब १२ हजार उडान रद्द भए र लगभग २० हजार उडान ढिला भएका थिए । फिलाडेल्फिया, वासिङ्टन, बाल्टिमोर, नर्थ क्यारोलिना, न्यूयोर्क र न्यू जर्सीका विमानस्थल सबैभन्दा बढी प्रभावित भएका थिए ।

यो निजी जहाज ९–११ जना यात्रु सवार गर्न सक्ने प्रकारको हो । यो जहाज १९८० मा पहिलो पटक सञ्चालनमा आएको थियो र यात्रुले हिँडफिर्ता गर्न मिल्ने सुविधा भएको पहिलो निजी जहाज मानिन्छ ।
 

प्रकाशित मिति : १२ माघ २०८२, सोमबार  २ : ०८ बजे

सङ्घीय अनुदानमा कार्यरत शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढाउने सरकारको निर्णय

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा सरकारले सङ्घीय अनुदानमा कार्यरत

प्रधानमन्त्रीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग मन्त्रीहरूले चालु आर्थिक वर्षमा गरिने मुख्य

एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ् कलमा ६० सेकेन्ड पल्स दर लागु

काठमाडौं– एनसेलले १९८ गन्तव्य मुलुकहरुका लागि आफ्नो अन्तर्राष्ट्रिय आउटगोइङ् अर्थात बहिर्गमन

अपाङ्गता अधिकारसम्बन्धी मूट कोर्ट प्रतियोगिता सुरु

काठमाडौं– अपाङ्गता अधिकार, मानव अधिकार तथा अन्तर्राष्ट्रिय कानुनबारे कानुनका विद्यार्थीलाई

कृषि बीमा अब प्रदेश सरकारले हेर्ने, १ करोडसम्मको बीमामा ८० प्रतिशत अनुदान, सो भन्दा माथि ५० मात्रै

काठमाडौं– सरकारले कृषि, पशुपन्छी तथा जडीबुटी व्यवसायमा हुन सक्ने आर्थिक