काठमाडौं उपत्यकामा थपिए ३६३ संक्रमित, ४ को मृत्यु « Khabarhub

काठमाडौं उपत्यकामा थपिए ३६३ संक्रमित, ४ को मृत्यु


२ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं १५२ महिला र २११ पुरुष गरी ३६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २७३ , ललितपुरमा ४९ र भक्तपुरमा ४१ जना कोरोना संक्रमित थपिएका हुन् ।

योसँगै हालसम्म काठमाडौँ उपत्यकामा मात्र कोरोना संक्रमितको संख्या १ लाख १७ हजार ३०५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा २ जना र ललितपुरमा २ जना गरी ४ कोरोना संक्रमितको मृत्यु भएको छ।

मन्त्रालयका अनुसार हालसम्म काठमाडौंमा मात्र कोरोना संक्रमितको संख्या ९४ हजार ६९ पुगेको छ । जसमध्ये ४५२ जनाको मृत्यु भएको छ भने ८९ हजार ५३० जना निको भएका छन्।

यसैगरी  ललितपुरमा १४ हजार ६४७ जना संक्रमित भएका छन्। जसमा १३९ जना संक्रमितको मृत्यु भएको छ भने १३ हजार ७७३ जना निको भएका छन्।

त्यस्तै भक्तपुरमा हालसम्म संक्रमितको संख्या ८ हजार ५८९ पुगेको छ । जसमा ९७ जनाको मृत्यु भएको छ भने ८ हजार १५९ जना निको भएका छन्।

हाल काठमाडौंमा ४ हजार ८७ ललितपुरमा ७३५ र भक्तपुरमा ३५१ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २ पुस २०७७, बिहीबार  ४ : ३१ बजे

सिरहामा ‘एचपीभी’ खोप अभियान दुई चरणमा सञ्चालन हुँदै

सिरहा– पाठेघरको मुखको क्यान्सरबाट जोगाउने उद्देश्यले सिरहामा किशोरीलाई लक्षित गर्दै

‘कुमारी’का विदेश प्रदर्शन तय

काठमाडौं – दिनेश राउत निर्देशित लभ स्टोरी फिल्म ‘कुमारी’ विदेशमा

दक्षिण सुडानको जोङ्लेई राज्यको अवस्था बिग्रँदै

न्यूयोर्क– संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तको कार्यालय (ओएचसीएचआर) ले दक्षिण

निर्वाचन आयोगको वेबसाइटमा सार्वजनिक उम्मेदवारको विवरण अपूरो

काठमाडौं – निर्वाचन आयोगले आफ्नो वेबसाइटमा सार्वजनिक गरेको उम्मेदवारको सूचीमा

खैरो हिरोइनसहित नागढुङ्गाबाट एकजना पक्राउ

काठमाडौं– नेपाल प्रहरीले अवैध लागूऔषध खैरो हिरोइनसहित एक जनालई पक्राउ