नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा वाटमोर नियुक्त « Khabarhub

नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा वाटमोर नियुक्त


२ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा देव वाटमोर नियुक्त गरिएको छ।

बिहीबार नेपाल क्रिकेट संघ क्यानले मुख्य प्रशिक्षक नियुक्त गरेको हो। वाटमोर अहिले सिंगापुर क्रिकेटको मुख्य प्रशिक्षकको जिम्मेवारीमा थिए । त्यहाँबाट उनी नेपाल आउने भएका हुन्। क्यानले वाटमोरको नियुक्ति कति समय भन्ने भने खुलाएको छैन्।

यस्तै क्यानले जनरल म्यानेजरमा रौनक मल्ललाई नियुक्त गरेको छ । रमेशकुमार न्यौपानेलाई चिफ फाइनान्स अफिसरमा नियुक्त भएका छन् भने राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान विनोद दासलाई क्रिकेट व्यवस्थापकमा नियुक्त गरिएको छ ।

No description available.

को हुन वाटमोर ?

देब वाटमोर विश्व क्रिकेटमा चर्चित नाम हो । यो नाम नेपाली क्रिकेट समर्थकका लागि समेत नयाँ होइन । सन् २०१७ मा उनले नेपाली क्रिकेट टिमलाई २ हप्ता अभ्यास गराएका थिए ।

श्रीलंकाको कोलम्बोमा जन्मिएका उनले अस्ट्रेलियाबाट क्रिकेट खेलेका हुन् । उनको परिवार अस्ट्रेलिया बसाई सरेपछि उनले उतैबाट क्रिकेट खेले ।

फस्ट क्लास क्रिकेट सन् १९७५ मा खेलेका उनी सन् १९७९ देखि ०८० सम्म मात्रै अस्ट्रेलियन टोलीमा रहे । अष्ट्रेलियाका लागि ७ टेष्ट र एक एक दिवसीय अन्तर्राष्ट्रिय खेल खेले । सन् १९८८, १९८९ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका उनले त्यसपछ भने आफूलाई प्रशिक्षकमा रुपान्तरण गरे।

दायाँ हाते ब्याट्सम्यान वाटमोरले प्रशिक्षकका रुपमा भने विश्वभर ख्याति कमाए । उनलाई सफल बनाउने टीम हो श्रीलंका क्रिकेट ।

जसलाई उनले सन् १९९६ को आईसीसी विश्वकप उपाधि दिलाएका थिए । सामान्य जस्तै रहेको श्रीलंकन क्रिकेट टिमलाई उनले विश्वमाझ चिनाइ छाडे । अझ विश्व विजेता नै बनाए ।

श्रीलंकाबाट राजीनामा दिएपछि वाटमोर बंगालादेश क्रिकेट टिमको प्रशिक्षकका रुपमा सन् २००३ देखि ००७ सम्म बंगलादेशमा काम गरे । उनको पालामा बंगलादेशले भारतलाई आईसीसी विश्वकपमा पराजित गर्न सफल भएको थियो ।

बंगलादेशबाट राजीनामा दिइसकेपछि कुनै समय भारत, इङ्ग्ल्यान्ड र पाकिस्तान क्रिकेट टिमले उनलाई प्रशिक्षक बनाउने तयारी गरेका थिए । विभिन्न कारणले गर्दा उनी यी तीनवटै टोलीको मुख्य प्रशिक्षक भएनन् ।

तर, पछि भारतीय यु–१९ क्रिकेट टिमको भने उनी प्रशिक्षक बने । उनकै नेतृत्वमा भारती टोलीले सन् २००८ को यु–१९ विश्वकपको उपाधि हात पारेको थियो । जसको कप्तानी विराट कोहलीले गरेका थिए ।

पाकिस्तान क्रिकेट टिम र जिम्बाबेको मुख्य प्रशिक्षक भइसकेका उनले इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सको पनि प्रशिक्षकको जिम्मेवारी सम्हालिसकेका छन् ।

प्रकाशित मिति : २ पुस २०७७, बिहीबार  ५ : ०१ बजे

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक

यूईएफए नेसन्स लिग : स्पेन क्वाटरफाइनलमा प्रवेश

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा स्पेन क्वाटरफाइनलमा प्रवेश गरेको छ

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक (सूचीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी

बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक