को हुन नेपाली राष्ट्रिय क्रिकेट टोलीमा मुख्य प्रशिक्षकको जिम्मेवारी पाएका वाटमोर ? « Khabarhub

को हुन नेपाली राष्ट्रिय क्रिकेट टोलीमा मुख्य प्रशिक्षकको जिम्मेवारी पाएका वाटमोर ?


२ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बिहीबार मात्रै नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक नियुक्त भएका देव वाटमोर १ वर्षका लागि नेपाल आउने भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) स्रोतका अनुसार उनी अहिले पहिलो १ वर्षका लागि नेपाल आउन तयार भएका हुन्। उनीसँग अहिले १ वर्षको सम्झौता भएको छ । ‘हामीले २ वर्षका लागि अनुरोध गर्नेछौँ,´ स्रोतले भन्यो, ‘अहिले एक वर्षका लागि मात्र आउने भन्नुभएको छ ।’

विश्वका चर्चित प्रशिक्षक वाटमोर के कति रकममा नेपाल आउने भए भन्ने प्रश्नमा क्यान स्रोतले भन्यो, ‘करसहित १० हजार अमेरिकी डलर बराबर पारिश्रमिक पाउनेछन्।´

को हुन् वामोर ?

देब वाटमोर विश्व क्रिकेटमा चर्चित नाम हो । यो नाम नेपाली क्रिकेट समर्थकका लागि समेत नयाँ होइन । सन् २०१७ मा उनले नेपाली क्रिकेट टीमलाई २ हप्ता अभ्यास गराएका थिए ।

श्रीलंकाको कोलम्बोमा जन्मिएका उनले अस्ट्रेलियाबाट क्रिकेट खेलेका हुन् । उनको परिवार अस्ट्रेलिया बसाई सरेपछि उनले उतैबाट क्रिकेट खेले ।

फस्ट क्लास क्रिकेट सन् १९७५ मा खेलेका उनी सन् १९७९ देखि ०८० सम्म मात्रै अस्ट्रेलियन टोलीमा रहे । अष्ट्रेलियाका लागि ७ टेष्ट र एक एकदिवसीय अन्तराष्ट्रिय खेल खेले । सन् १९८८, १९८९ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका उनले त्यसपछ भने आफुलाई प्रशिक्षकमा रुपान्तरण गरे।

दायाँ हाते ब्याट्सम्यान बाटमोरले प्रशिक्षकका रुपमा भने विश्वभर ख्याति कमाए । उनलाई सफल बनाउने टीम हो श्रीलंका क्रिकेट । जसलाई उनले सन् १९९६ को आईसीसी विश्वकप उपाधि दिलाएका थिए । सामान्य जस्तै रहेको श्रीलंकन क्रिकेट टीमलाई उनले विश्वमाझ चिनाइ छाडे । अझ विश्व विजेता नै बनाए ।

श्रीलंकाबाट राजीनामा दिएपछि बाटमोर बंगालादेश क्रिकेट टीमको प्रशिक्षकका रुपमा सन् २००३ देखि ००७ सम्म बंगलादेशमा काम गरे । जसमा उनको पालामा बंगलादेशले भारतलाई आईसीसी विश्वकपमा पराजित गर्न सफल भएको थियो ।

बंगलादेशबाट राजीनामा दिइसकेपछि कुनै समय भारत, इङ्ग्ल्यान्ड र पाकिस्तान क्रिकेट टीमले उनलाई प्रशिक्षक बनाउने तयारी गरेका थिए ।

विभिन्न कारणले गर्दा उनी यी तीनवटै टोलीको मुख्य प्रशिक्षक भएनन् । तर, पछि भारतीय यु–१९ क्रिकेट टीमको भने उनी प्रशिक्षक बने । उनकै नेतृत्वमा भारती टोलीले सन् २००८ को यु–१९ विश्वकपको उपाधि हात पारेको थियो । जसको कप्तानी विराट कोहलीले गरेका थिए ।

पाकिस्तान क्रिकेट टीम र जिम्बाबेको मुख्य प्रशिक्षक भइसकेका उनले इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सको पनि प्रशिक्षकको जिम्मेवारी सम्हालिसकेका छन् ।

प्रकाशित मिति : २ पुस २०७७, बिहीबार  ५ : ४२ बजे

रास्वपा सांसद न्यौपानेको प्रश्न- ३५ वर्षको समस्या ३५ दिनमै कसरी हल हुन्छ ?

विगतमा उत्तरदायी र पारदर्शी राजनीति हुनुपर्छ भनेर सडकबाट आवाज उठाउने

स्वास्थ्य अवस्था गम्भीर बनेपछि पूर्वराष्ट्रपति टोलेडोले मागे मानवीय माफी

लिमा- भ्रष्टाचारसम्बन्धी मुद्दामा २० वर्षको जेल सजाय भोगिरहेका पेरुका पूर्वराष्ट्रपति अलेजान्ड्रो

मिडियामा गाडी पार्किङबारे रविले भने- रास्वपाकै कार्यकर्ता भए पनि कारबाही हुनुपर्छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले सञ्चारगृहबाहिर पार्किङ गरिएका

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी– मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो समय आन्तरिक

पहिरो पन्छाएर नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन– नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि यातायात सञ्चालन