प्रदेश १ मा ४७ संक्रमित थपिए, २२३ संक्रमणमुक्त « Khabarhub

प्रदेश १ मा ४७ संक्रमित थपिए, २२३ संक्रमणमुक्त


२ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४७ कोरोना संक्रमित थपिएका छन् भने २२३ जना निको भएका छन् ।

निको हुनेहरुमा  होमआइसोलेसनमा रहेका १९३, मेची अस्पताल र होटेल एसियाटिक आइसोलेसनमा रहेका १२-१२, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, बेलबारी आइसोलेसन केन्द्र र विराट मेडिकल कलेजमा रहेका २-२ जना छन् ।

प्रदेश १ मा हालसम्म निको हुनेको संख्या २४ हजार २४६ पुगेको छ ।

प्रदेश १ मा बिहीबार ४७ जना कोरोना संक्रमित थपिएका छन् ।

४६७ जनाको पीसीआर परीक्षण गर्दा २४ महिला र २३ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । मोरङमा १९, झापामा १५, सुनसरीमा ११, संखुवासभा र प्रदेश १ बाहिर १-१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

थपिएका संक्रमितहरुमा विराटनगरमा १५, जहदामा २, बूढीगंगा र स्थानीय तह नखुलेका १-१, झापाको दमकमा १०, कमल गाउँपालिकामा २, गौरादह, कनकाई र शिवसताक्षीमा १-१, सुनसरीको धरानमा ६, इटहरीमा ३, दुहबी र स्थानीय तह नखुलेका १-१, संखुवासभा र प्रदेश १ बाहिरका १-१ जना छन् ।

प्रदेश १ मा हालसम्म कोरोना संक्रमितको संख्या २९ हजार १८७ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २ पुस २०७७, बिहीबार  ६ : ०९ बजे

जेनजी आन्दोलनमा घाइते पत्रकार सम्मानित

काठमाडौं – सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारहरूलाई नगदसहित

मधेस प्रदेशका ७२ जना कर्मचारी कारबाहीमा

जनकपुरधाम – मधेस प्रदेश सरकारअन्तर्गत धनुषा जिल्लामा रहेका कार्यालयको छड्के

डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल

ललितपुर – नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री

फेरि पक्राउ परे सेयर कारोबारी दीपेन्द्र अग्रवाल

काठमाडौं- सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ परेका छन् ।