भालुको आक्रमणबाट तीन घाइते « Khabarhub

भालुको आक्रमणबाट तीन घाइते


२ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा- लाङ्टाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र चालू आर्थिक वर्षमा वन्यजन्तुबाट भएका क्षतिको विवरण सार्वजनिक गरिएको छ ।

गत साउनदेखि मङ्सिर मसान्तसम्म तीन जनालाई जङ्गली भालुले आक्रमण गरी घाइते बनाएको र भालु तथा बँदेलले १४३ जनाको अन्नबाली नोक्सान पुर्‍याएको प्रमाणित हुन आएपछि निकुञ्ज कार्यालयले नियमानुसार राहत प्रदान गर्ने प्रक्रिया अगाडि बढाएको हो ।

लाङ्टाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुस्मा रानाका अनुसार भालुको आक्रमणबाट घाइते हुनेका लागि सरकारी अस्पतालको बिलबमोजिम र अन्नबाली क्षति भएका किसानका हकमा क्षतिको तुलना गरी बढीमा रु १० हजारसम्म क्षतिपूर्ति दिने कानूनी प्रवधानअनुरूप राहत प्रदान गर्न लागिएको हो ।

भालुको आक्रमणबाट घाइते  भएका तीनै जना उपचारपछि घर फर्किसकेका र राहतस्वरूप प्रदान गरिने रकम भुक्तानीका लागि प्रक्रिया अगाडि बढेको निकुञ्जले जनाएको छ ।

प्रकाशित मिति : २ पुस २०७७, बिहीबार  १० : ४१ बजे

कृषिमन्त्रीद्वारा कालीमाटी बजारको अनुगमन

काठमाडौं– कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गीता

श्रममन्त्री साह पदबाट हट्दा प्रधानमन्त्रीले किन दिए स्वास्थ्यमन्त्री मेहतालाई चेतावनी ?

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार

नेप्से परिसूचक ४८ अंकले बढ्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४८ दशमलव ७१ अंकले

फ्रान्समा चार आप्रवासीको मृत्यु

पेरिस- उत्तरी फ्रान्सको तटमा नहर पार गर्ने क्रममा बिहीबार चार

चौध दिनमै पदमुक्त भए श्रममन्त्री साह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार