उखु किसानको पैसा नतिर्ने उद्योगीलाई कारबाहीको माग  « Khabarhub

उखु किसानको पैसा नतिर्ने उद्योगीलाई कारबाहीको माग 


२ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले उखु किसानको पैसा नतिर्ने उद्योगीलाई कारबाही गर्न माग गरेको छ ।

बक्यौता रकम चुक्ता गराउनका लागि प्रभावकारी कदम चाल्न र भुक्तानी नगर्ने उद्योगीलाई कारवाहीको दायरामा ल्याउन कांग्रेसले सरकारसँग माग गरेको हो।

कांग्रेस संसदीय दलको कृषि तथा पशुपक्षी मन्त्रालय समन्वय समितिका संयोजक पद्मनारायण चौधरीले आज एक विज्ञप्तिमार्फत सरकारले आफ्नो रोहबरमा भएको सहमतिलाई कार्यान्वयन गराउन नसक्नु अत्यन्तै दुःखद् भएको उल्लेख गरेका छन् ।

उनले उखु बिक्री वापतको भुक्तानी पाउनका लागि गरिब किसान काठमाडौँको चिसोमा चार दिनदेखि पुनः एक पल्ट आन्दोलनरत रहेका उल्लेख गर्दै तत्काल कृषकका माग कार्यान्वयन गर्न माग गरेका छन ।

उखु कृषकले आफ्नो पसिनाको मूल्य नपाउनु र बारम्बार काठमाडौँ आई आन्दोलन गर्न बाध्य हुनु अत्यन्त अन्याय र दुःखद पक्ष भएको बताउँदै नेता चौधरीले उक्त विषयप्रति सरकारको गम्भीर ध्यानकर्षण गराएका छन् ।

प्रकाशित मिति : २ पुस २०७७, बिहीबार  १० : ५० बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक