मन्त्रिपरिषद बैठक : नियमित एजेण्डामा छलफल, अध्यादेश फिर्ताबारे कुरै भएन | Khabarhub Khabarhub

मन्त्रिपरिषद बैठक : नियमित एजेण्डामा छलफल, अध्यादेश फिर्ताबारे कुरै भएन


२ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठक सकिएको छ ।

आजको बैठकमा मंगलबार सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा जारी संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता हुने अपेक्षा गरिएको थियो ।  तर अध्यादेश फिर्ताबारे कुनै छलफल नभएको एक मन्त्रीले बताए ।

उनका अनुसार मंगलबार अध्यादेश जारी गर्दा पनि अन्य मन्त्रीहरुलाई थाहा नदिइएको र आज पनि सो विषयमा कुनै छलफल नभएको बताए ।

उनले बैठकमा विभिन्न मन्त्रालयहरूका नियमित एजेन्डाहरू बाहेकका विषयमा केही पनि छलफल र निर्णय नभएको जानकारी दिए ।

मन्त्रिपरषदमा छलफल नै नगरी जारी भएको अध्यादेश फिर्ता लिन पनि मन्त्रीहरूलाई जानकारी नदिई गर्न सकिने उनको भनाइ थियो ।

सरकारले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकारी र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश मंगलबारी जारी गरेको थियो ।

चौतर्फी विरोध भएपछि प्रधानम्नत्री  बुधबारको नेकपा स्थायी कमिटी बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २ पुस २०७७, बिहीबार  ८ : ४८ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास