‘बीबीसी मास्टर सेफ’को फाइनल आज, सन्तोषलाई देश-विदेशबाट अग्रिम शुभकामना « Khabarhub

‘बीबीसी मास्टर सेफ’को फाइनल आज, सन्तोषलाई देश-विदेशबाट अग्रिम शुभकामना


२ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स’को फाइनलमा पुगेका सन्तोष साहलाई देश तथा विदेशमा रहेका नेपालीहरुले अग्रिम बधाई तथा शुभकामना दिएका छन् ।

टेलिभिजन रियालिटी शोको फाइनल आज हुँदैछ । आज स्थानीय समयअनुसार बेलुकी ९ बजे (नेपाली समयअनुसार राति पौने ३ बजे) बीबीसी वनमा फाइनल कार्यक्रम प्रसारण हुनेछ ।

साहले यो शोमा विशेष किसिमका नेपाली परिकारहरु बनाएर जजहरुको मन जित्दै आएका छन् । उनले फाइनलमा पनि नेपाली परिकारहरु नै बनाउने बताएका छन् ।

फाइनलमा नेपाली सन्तोष साहसँगै एसेक्सका एलेक्स र मिडलसेक्सका विल बार्टले प्रतिस्पर्धा गर्दैछन् । उनीहरुलाई स्टार्टर, मेन डिस र डेसर्ट खाना तयार गर्नको लागि ३ घण्टा १५ मिनेटको समय दिइनेछ । उनीहरुले बनाएको खानाका परिकार  जजहरुले चाखेपछि विजेताको घोषणा गर्नेछन् ।

यसैबीच साहको सफलताको कामना गर्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) ले अग्रिम बधाई तथा शुभकामना दिएको छ ।

संघले आफ्नो आधिकारीक टुवीटर ह्याण्डल मार्फत विहिवार रियालिटी शोमार्फत नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाइरहेका ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स’ प्रतियोगिताको टप थ्री फाइनलिस्ट साहलाई सफलताको लागि शुभकामना दिएको हो ।

त्यस्तै अष्ट्रेलियका लागि पूर्व नेपाली राजदूत लक्की शेर्पाले पनि उनी फाइनलमा पुगेकोमा बधाई दिँदै बिजेता बन्नको लागि शुभकामना दिएकी छिन् ।

Congratulations to Santosh Shah, Finalist in the top rated MasterChef UK 2020! Deep appreciation and respect to you for…

Posted by Lucky Sherpa on Thursday, 17 December 2020

यो पनि पढौँ

कोदोको खिरदेखि योमरीको स्वाद चखाएका सन्तोष ‘बीबीसी मास्टर सेफ’को उपाधि नजिक

प्रकाशित मिति : २ पुस २०७७, बिहीबार  ११ : ०८ बजे

राष्ट्रिय परिचयपत्र आफैँले डाउलोड गर्न सकिने

काठमाडौं – सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै डाउलोड गर्न

दक्षिण अफ्रिकाविरुद्ध चेक गणतन्त्रलाई छैटौं मिनेटमै अग्रता

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा चेक

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार