‘बीबीसी मास्टर सेफ’को फाइनल आज, सन्तोषलाई देश-विदेशबाट अग्रिम शुभकामना | Khabarhub Khabarhub

‘बीबीसी मास्टर सेफ’को फाइनल आज, सन्तोषलाई देश-विदेशबाट अग्रिम शुभकामना


२ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स’को फाइनलमा पुगेका सन्तोष साहलाई देश तथा विदेशमा रहेका नेपालीहरुले अग्रिम बधाई तथा शुभकामना दिएका छन् ।

टेलिभिजन रियालिटी शोको फाइनल आज हुँदैछ । आज स्थानीय समयअनुसार बेलुकी ९ बजे (नेपाली समयअनुसार राति पौने ३ बजे) बीबीसी वनमा फाइनल कार्यक्रम प्रसारण हुनेछ ।

साहले यो शोमा विशेष किसिमका नेपाली परिकारहरु बनाएर जजहरुको मन जित्दै आएका छन् । उनले फाइनलमा पनि नेपाली परिकारहरु नै बनाउने बताएका छन् ।

फाइनलमा नेपाली सन्तोष साहसँगै एसेक्सका एलेक्स र मिडलसेक्सका विल बार्टले प्रतिस्पर्धा गर्दैछन् । उनीहरुलाई स्टार्टर, मेन डिस र डेसर्ट खाना तयार गर्नको लागि ३ घण्टा १५ मिनेटको समय दिइनेछ । उनीहरुले बनाएको खानाका परिकार  जजहरुले चाखेपछि विजेताको घोषणा गर्नेछन् ।

यसैबीच साहको सफलताको कामना गर्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) ले अग्रिम बधाई तथा शुभकामना दिएको छ ।

संघले आफ्नो आधिकारीक टुवीटर ह्याण्डल मार्फत विहिवार रियालिटी शोमार्फत नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाइरहेका ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स’ प्रतियोगिताको टप थ्री फाइनलिस्ट साहलाई सफलताको लागि शुभकामना दिएको हो ।

त्यस्तै अष्ट्रेलियका लागि पूर्व नेपाली राजदूत लक्की शेर्पाले पनि उनी फाइनलमा पुगेकोमा बधाई दिँदै बिजेता बन्नको लागि शुभकामना दिएकी छिन् ।

Congratulations to Santosh Shah, Finalist in the top rated MasterChef UK 2020! Deep appreciation and respect to you for…

Posted by Lucky Sherpa on Thursday, 17 December 2020

यो पनि पढौँ

कोदोको खिरदेखि योमरीको स्वाद चखाएका सन्तोष ‘बीबीसी मास्टर सेफ’को उपाधि नजिक

प्रकाशित मिति : २ पुस २०७७, बिहीबार  ११ : ०८ बजे

फ्रान्समा समुद्र तट र पार्कमा धूम्रपान निषेध 

पेरिस– फ्रान्सको समुद्र किनार वा सार्वजनिक पार्कमा धूम्रपान गर्न रोक

कांग्रेस महाधिवेशन निर्धारित समयमा हुनुपर्छ : शेखर कोइराला

चितवन– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको महाधिवेशन २०८३

राष्ट्रपति पौडेल पनि रोपाइँमा सहभागी

काठमाडौं– धान दिवसका उपलक्ष्यमा राष्ट्रपति भवनमा रोपाइँ गरिएको छ ।

बुटवल-नारायणगढ सडक पूर्णरूपमा अवरुद्ध

मध्यविन्दु– बुटवल-नारायणगढ सडक खण्डअन्तर्गत नवलपरासी(बर्दघाट सुस्तापूर्व)को दुम्कीवास क्षेत्रको वैकल्पिक मार्गमा पर्ने

किसानको हितमा सरकार प्रतिबद्ध छ : मन्त्री अधिकारी

पाटन– कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले किसानको हितमा सरकार