दोस्रो एक दिवसीय क्रिकेटमा अस्ट्रेलिया पराजित « Khabarhub

दोस्रो एक दिवसीय क्रिकेटमा अस्ट्रेलिया पराजित


४ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- घरेलु टोली भारतले दोस्रो एकदिवसीय क्रिकेटमा पाहुना टिम अस्टेलियालाई पराजित गरेको छ ।

राजकोटमा शुक्रबार भारतले अस्टेलियालाई ३६ रनले पराजित गरेको हो । जितसँगै भारतले तीन खेलको सिरिजमा १-१ को बराबरी गरेको छ । यस अघि भएको पहिलो खेलमा अस्टेलियाले १० विकेटको जित निकालेको थियो ।

भारतले दिएको ३ सय ४१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको अस्टेलिया ४९ ओभर १ बलमा अलआउट हुँदै ३ सय ४ रनमा समेटियो ।

अस्टेलियाका स्टिभ स्मिथले ९८ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै मार्नुसले ४६ रन जोड्दा कप्तान आरोन फिन्चले ३३ रन बनाए ।

यस्तै एस्टोन अगरले २५ तथा केन रिचर्डसनले अविजित २४ रन बनाए । भारतका मोहमद शामीले ३ विकेट लिए । यस्तै नापदिप शैनी, रबिन्द्र जेडेजा र कुलदिप यादबले २/२ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ४० रन बनाएको थियो । भारतका लागि शिखर धवनले ९६ रनको अर्धशतकीय इनिङ्स खेल्दा लोकेश राहुलले ८० रनको अर्धशतकीय इनिङ्स खेले ।

कप्तान विराट कोहलीले ७८ रन बनाउँदा रोहित शर्माले ४२ रन बनाए । अस्टेलियाका एडम जाम्पाले ३ तथा केन रिचर्डसनले २ विकेट लिए ।

प्रकाशित मिति : ४ माघ २०७६, शनिबार  ६ : ४५ बजे

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा