दोस्रो एक दिवसीय क्रिकेटमा अस्ट्रेलिया पराजित | Khabarhub Khabarhub

दोस्रो एक दिवसीय क्रिकेटमा अस्ट्रेलिया पराजित


४ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- घरेलु टोली भारतले दोस्रो एकदिवसीय क्रिकेटमा पाहुना टिम अस्टेलियालाई पराजित गरेको छ ।

राजकोटमा शुक्रबार भारतले अस्टेलियालाई ३६ रनले पराजित गरेको हो । जितसँगै भारतले तीन खेलको सिरिजमा १-१ को बराबरी गरेको छ । यस अघि भएको पहिलो खेलमा अस्टेलियाले १० विकेटको जित निकालेको थियो ।

भारतले दिएको ३ सय ४१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको अस्टेलिया ४९ ओभर १ बलमा अलआउट हुँदै ३ सय ४ रनमा समेटियो ।

अस्टेलियाका स्टिभ स्मिथले ९८ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै मार्नुसले ४६ रन जोड्दा कप्तान आरोन फिन्चले ३३ रन बनाए ।

यस्तै एस्टोन अगरले २५ तथा केन रिचर्डसनले अविजित २४ रन बनाए । भारतका मोहमद शामीले ३ विकेट लिए । यस्तै नापदिप शैनी, रबिन्द्र जेडेजा र कुलदिप यादबले २/२ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ४० रन बनाएको थियो । भारतका लागि शिखर धवनले ९६ रनको अर्धशतकीय इनिङ्स खेल्दा लोकेश राहुलले ८० रनको अर्धशतकीय इनिङ्स खेले ।

कप्तान विराट कोहलीले ७८ रन बनाउँदा रोहित शर्माले ४२ रन बनाए । अस्टेलियाका एडम जाम्पाले ३ तथा केन रिचर्डसनले २ विकेट लिए ।

प्रकाशित मिति : ४ माघ २०७६, शनिबार  ६ : ४५ बजे

बाढी र पहिरोले पाँच राजमार्ग अवरुद्ध

काठमाडौं – बाढी र पहिरोका कारण आज देशका विभिन्न पाँच

‘खेलको माध्यमबाट खेलाडी आयआर्जन गर्ने अवस्था बनिरहेको छ’

मोरङ– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेलाडीलाई खेलको माध्यमबाट

पर्यटकको गन्तव्य बाजुराको ‘वीरेखोला झरना’ 

धनगडी – समयसँगै मानव स्वभाव र रुचिहरू फेरिएको देखिन्छ । घरपरिवार

टिचिङमा इर्मजेन्सी १५ शैय्या र आधुनिक एमआरआईको उद्‌घाटन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पतालमा