आजको मौसम : काठमाडौंमा बाक्लो हुस्सु, दिउँसोबाट मौसममा क्रमिक सुधार आउने « Khabarhub

आजको मौसम : काठमाडौंमा बाक्लो हुस्सु, दिउँसोबाट मौसममा क्रमिक सुधार आउने


४ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मौसम पूर्वानुमान महाशाखाका अनुसार, नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव विस्तारै कम हुँदै छ । यसैको प्रभावले मौसममा क्रमिक रुपमा सुधार हुँदै गईहेको जानकारी दिएको छ ।

अहिले (शनिबार बिहान)देशभर आंशिक देखि सामान्य बदली भई केही स्थानमा वर्षा र हिमपात भईरहेको छ। काठमाडौं उपत्यकामा बिहानैदेखि बाक्लो हुस्सु लागेको छ ।

काठमडौं उपत्यकालगायत देशका अधिकंश स्थानमा बिहीबार साँझदेखि वर्षा भएको थियो । गएरातिदेखि वर्षा रोकिएको छ । वर्षा रोकिएसँगै काठमाडौं उपत्यकामा बाक्लो हुस्सु लागेको हो ।

मौसम पूर्वानुमान महाशाखाले जारी गरेको ३ दिने मौसमको पुर्वानुमान यस्तो छ :

माघ ४ गते शनिबार
दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। पहाडी तथा तराई भूभागका केही स्थानमा हल्का वर्षा हुने देखिन्छ । उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपात हुनेछ ।

राति : देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र तराईका भूभागमा आंशिक बदली भई पहाडी भूभागका केही स्थानमा हल्का बर्षा हुनेछ ।

माघ ५ गते आइतबार

बिहानदेखि रातिसम्म देशभर सामान्यतया सफा देखि आंशिक बदली भई पहाडी भूभागका केही स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना छ ।

माघ ६ गते सोमबार

सोमबार पनि बिहानदेखि रातिसम्म देशभर सामान्यतया सफा देखि आंशिक बदली भई पहाडी भूभागका १–२ स्थानमा हल्का वर्षा हुनेछ ।

प्रकाशित मिति : ४ माघ २०७६, शनिबार  ८ : १५ बजे

चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा हाइकिङ र सन्ध्याकालीन सफारीको तयारी

चितवन– चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी

बगदादस्थित अमेरिकी दूतावासमा फेरि आक्रमण

बगदाद – इराकको राजधानी बगदादस्थित अमेरिकी दूतावास परिसरमा गएराति पुनः

डढेलो नियन्त्रण गर्न स्वयंसेवक नियुक्त

चितवन– डिभिजन वन कार्यालय चितवनले डढेलो नियन्त्रण गर्न स्वयंसेवक नियुक्त

९ करोडको लागतमा फलेवास नगरपालिका भवन निर्माण

पर्वत– सङ्घीय सरकारको ५० प्रतिशत अनुदान र ५० प्रतिशत नगरपालिकाको

लुम्बिनी प्राविधिक विश्वविद्यालयले पायो स्थायी संरचना

बाँके– नेपालगञ्जबाट सञ्चालन हुँदै आएको लुम्बिनी प्राविधिक विश्वविद्यालयको केन्द्रीय कार्यालय