शान्ति प्रक्रियाको काम टुंग्याउन नेताहरु छलफलमा | Khabarhub Khabarhub

शान्ति प्रक्रियाको काम टुंग्याउन नेताहरु छलफलमा


४ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शान्ति प्रक्रियाको काम टुंग्याउन आज (शनिबार) नेताहरु छलफलमा जुटेका छन् ।

शुक्रबार सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीचको छलफल सकारात्मक भएपछि शनिबार दुवै दलका नेताहरु छलफलमा जुटेका हुन् ।

नेकपा र कांग्रेसका शीर्ष नेताहरुबीचको छलफलमा शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनेका लागि दुई आयोगमा पदाधिकारी सिफारिस गर्ने विषयमा कुराकानी भइरहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा नेताहरुबिच सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगमा पदाधिकारी नियुक्ति सिफारिस गर्नेबारे छलफल भइरहेको बालुवाटर स्रोतले जनाएको छ ।

छलफलमा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओली, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित नेकपाका नेता सुवासचन्द्र नेम्वाङ र खिमलाल देवकोटा सहभागी छन् ।

यस्तै नेपाली कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवासहित नेताहरू मिनेन्द्र रिजाल र रमेश लेखक सहभागी छन् । द्वन्द्वकालीन घटनालाई निरुपण गर्न सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा सहमतिका आधारमा पदाधिकारी चयन र ती आयोगमा यसअघि परेका उजुरी तथा मुद्दाका विषयमा छलफल भइरहेको जानकारी दिइएको छ ।

प्रकाशित मिति : ४ माघ २०७६, शनिबार  ११ : ५५ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’