दीपकराज गिरीले आस्था राउतलाई भने : गल्ती तिम्रो फेसबुक लाइभले गर्यो ! « Khabarhub

दीपकराज गिरीले आस्था राउतलाई भने : गल्ती तिम्रो फेसबुक लाइभले गर्यो !


४ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–कलाकार दीपकराज गिरीले आस्था राउतलाई माफी माग्न सुझाव दिएका छन् । विमानस्थलमा महिला प्रहरीसँगको ‘दुर्व्यवहार’ प्रहरण चर्चामा रहँदा कलाकार गिरीले राउतलाई माफी माग्न सुझाव दिएका हुन् ।

शनिवार समाजिक सञ्जाल फेसबुकमा एक खुल्लापत्र लेख्दै गिरीले यस्तो सुझाव दिएका हुन् । तर उनले नेतालाई मात्र भीआइपी नमान्ने नेपाली संस्कृतिप्रति भने कटाक्ष गरेका छन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘ विदेशमा प्रायः यस्तो घटना हुँदैन किनकि त्यहाँ नेता मात्रै भिआइपी हुँदैनन् । धेरै कर तिर्ने व्यापारीहरु, नाम चलेका खेलाडी कलाकारहरू लाइ पनि भिआइपी मानिन्छ र सुविधाजनक ढंगले चेकजाँच हुन्छ र भिडको सामना गर्नु पर्दैन र यस्तो दुर्घटनाको सम्भावना कम हुन्छ तर यो देशमा नेता मात्रै भिआइपी हो । यो संवेदनशीलतालाई हामीले बुझ्नु पर्छ किनकि हामी भिड बाट नै गुज्रिनु पर्छ त्यस्तो अवस्थामा हामी सतर्क हुनै पर्छ।’

गिरीले विगतमा आफू पनि प्रहरीसँगको यस्ता घटनाहरुबाट गुज्रेको उल्लेख गरेका छन् ।

आस्था राउत प्रकरणमा कलाकारले फूर्ति देखायो भन्दै सामाजिक सञ्जालमा आइरहेका गालीले आफूलाई दुःखी बनाएको पनि दीककराजले बताएका छन् ।

उनले लेखेका छन्, “कलाकार हो फूर्ती देखायो होला फस्यो नि “भनिँदो रहेछ त्यसैले सकेसम्म यस्तो झमेलामा नपर्नु र परिहाले पनि माफ पाउँ भनेर छट्किनु नै सबैभन्दा उत्तम रहेछ तिमिलाई पनि त्यस्तै केही रूखो व्यवहार प्रयोग भयो होला । तर गल्ती तिम्रो फेसबुक लाइभले गर्यो त्यस्मा प्रयोग भएका शब्दले समस्या उत्पन्न गरायो ।”

यस्तो छ उनको खुला पत्र

प्रिय आस्था बहिनी…

यो विषयमा लेख्न मन थिएन तर तिम्ले निरन्तर गाली खाएको देखेर किन किन लेख्न मन लाग्यो । म पनि बिगतमा यस्ता धेरै घटनाहरू बाट गुज्रेको छू यस्तै प्रकारका घटनाहरू बाट पाठ पनि सिकेको छू। समस्या कहाँबाट आयो भने .. तिम्ले भिडको सामना गर्दै प्रहरी लाइ चेक गराउदै अधि बढ्नु पर्यो ।।भिड र संवेनदशील क्षेत्रमा काम गर्ने प्रहरी जवानहरूलाई छुट्टै प्रेसर हुन्छ । उनीहरू लाइ छुट्टै दबाब हुन्छ । उनीहरू १० घन्टे लामो ड्यूटीमा हुन्छन्, सानो गल्ती भए जागिरै संकटमा पर्छ । त्यस्तो बेला उनीहरूबाट अलि रूखो व्यवहार निस्किन्छ पनि त्यहाँ पनि निस्कियो होला।

तर हामी कलाकार वा सेलेब्रिटीजको गल्ती नै नभए पनि समाचार बाहिर आएपछि गल्ती हाम्रै देखिने रहेछ। सेलेब्रिटीज भनेको सेतो कपडा रहेछ । अरू रंगमा दाग नदेखिए पनि सेतो मा सानो दाग पनि देखिहालिन्छ । अत सहनु पर्ने हामिले नै रहेछ। विदेशमा प्रायः यस्तो घटना हुँदैन किनकि त्यहाँ नेता मात्रै भिआइपी हुँदैनन् । धेरै कर तिर्ने व्यापारीहरु, नाम चलेका खेलाडी कलाकारहरू लाइ पनि भिआइपी मानिन्छ र सुविधाजनक ढंगले चेकजाँच हुन्छ र भिडको सामना गर्नु पर्दैन र यस्तो दुर्घटनाको सम्भावना कम हुन्छ तर यो देशमा नेता मात्रै भिआइपी हो । यो संवेदनशीलतालाई हामीले बुझ्नु पर्छ किनकि हामी भिड बाट नै गुज्रिनु पर्छ त्यस्तो अवस्थामा हामी सतर्क हुनै पर्छ।

मापसेकाण्डमा म पनि परे गल्ती मेरै थियो तर जब म प्रहरी को पन्जामा परे । ममाथि भएको दुर्व्यवहार डर लाग्दो नै थियो तर मेरो कुरा लाइ कसैले गम्भीरतापूर्वक नै लिएनन् । यसबारे हामीले नै होसियार हुनु पर्ने रहेछ । हामीलाई अन्याय नै भयो भने पनि।

“कलाकार हो फूर्ती देखायो होला फस्यो नि “भनिँदो रहेछ त्यसैले सकेसम्म यस्तो झमेलामा नपर्नु र परिहाले पनि माफ़ पाउँ भनेर छट्किनु नै सबैभन्दा उत्तम रहेछ तिमिलाई पनि त्यस्तै केही रूखो व्यवहार प्रयोग भयो होला । तर गल्ती तिम्रो फेसबुक लाइभले गर्यो त्यस्मा प्रयोग भएका शब्दले समस्या उत्पन्न गरायो ।

तिमीलाई केही नभइ त्यस्तो भनिँनौ होला । तर बाहिरबाट हेर्दा तिमी नै अमर्यादित देखियो अतः यो घटनालाई तिमीले हामीले सबैले एउटा पाठको रूपमा लिनु पर्छ । जे हुन्छ राम्रैको लागि हुन्छ ।

आज कतीपय स्ट्याटस हरू “ कलाकार यस्तै घमण्डी हुन्छन् “ भनेर आउँछ दुःख लाग्छ । त्यसैले सत्य जे होस् त्यो प्रहरी जवान बहिनीसँग म माफी माग्छु तिमी पनि माग । सेलिब्रिटी कल्चर हाम्रो देशमा छैन । हामी सामान्य नागरिक नै हौ यो वास्तविकतालाई बुझौँ ।

प्रकाशित मिति : ४ माघ २०७६, शनिबार  ४ : ०२ बजे

बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा– बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी

मिथिला क्षेत्रमा आज मधुश्रावणी पर्व समापन गरिँदै

महोत्तरी– मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन्

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, दुईजनाको मृत्यु

काठमाडौँ– इन्डोनेसियाको पूर्वी क्षेत्रमा पर्ने फ्लोरेस द्वीप नजिकै ७.७ म्याग्निच्युडको

शिक्षा मन्त्रालयले सातवटै प्रदेशमा शिक्षा संवाद गर्दै, पहिलो कार्यक्रम आज विराटनगरमा

काठमाडौँ– शिक्षा मन्त्रालयले प्रस्तावित शिक्षा ऐन ल्याउनुअघि सातवटै प्रदेशमा पुगेर

नेपाल आयल निगमले काठमाडौँका यी पाँच ठाउँबाट खाना पकाउने ग्यास वितरण गर्दै

काठमाडौँ– नेपाल आयल निगमले आज काठमाडौँका विभिन्न पाँच ठाउँबाट खाना