अवरुद्ध बेँसीशहर–चामे सडक सञ्चालनमा « Khabarhub

अवरुद्ध बेँसीशहर–चामे सडक सञ्चालनमा


४ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– गण्डकी प्रदेशअन्तर्गत अवरुद्ध लमजुङ–मनाङको एकमात्र बेँसीशहर–चामे सडकखण्ड सञ्चालन भएको छ । वर्षाले शुक्रबार बिहानदेखि सो खण्डका विभिन्न स्थानमा पहिरो जाँदा अवरुद्ध सडक आज दिउँसोदेखि सञ्चालन भएको हो ।

सडक डिभिजन कार्यालय दमौलीका सबइन्जिनीयर सुमन अधिकारीका अनुसार बेँसीशहर–चामे सडकमा पर्ने मस्र्याङ्दी गाउँपालिकाको स्याङ्गे, च्याम्चे र नासो गाउँपालिकास्थित सिरनतालमा झरेको पहिरो पन्छाइएसँगै सवारीसाधन आवतजावत भइरहेका छन् ।

शुक्रबार पहिरो गएको केही समयपछि सडक डिभिजन कार्यालयको स्काभेटरले सडक खुलाउने प्रयास गरे पनि असम्भव भएको र आज वर्षा नभई घाम लागेकाले सडक माथिबाट ढुङ्गा–माटोसहित पहिरो पूर्णरुपमा पन्छाइएको उनले बताए ।

पहिरो पन्छाएसँगै अन्नपूर्ण पदमार्गमा आएका पर्यटकलगायत यात्रुलाई सहज भएको मस्र्याङ्दी गाउँपालिकाका बासिन्दा भीमबहादुर गुरुङले बताए । उनले भने, “गुणस्तरीय सडक छैन, त्यहीमाथि हल्का वर्षा हुँदासमेत विभिन्न स्थानमा पहिरो गएर सडक अवरुद्ध हुन्छ, सडकमा यात्रुलाई पहिरो तथा ढुङ्गा–माटो खसेर ज्यान जाने खतरा पनि रहेको छ ।” विसं २०६९ देखि सञ्चालन भएको यस सडकखण्ड ६५ किलोमिटर छ ।

प्रकाशित मिति : ४ माघ २०७६, शनिबार  ६ : ०८ बजे

०१५ सालका मतदाता सुरेन्द्रबहादुर भन्छन्- राजनीति नै स्वार्थको साधन बनेपछि नयाँ पुरानाको भेद रहेन

नेपाली कांग्रेसले घरदैलो पुरानो बानेश्वर चोकबाट कार्यक्रम सुरु गर्‍यो ।

न्युजिल्याण्डमाथि इंग्ल्यान्डको रोमाञ्चक जित, रोचक बन्यो सेमिफाइनल समीकरण

काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप अन्तर्गत सुपर–८ चरणको प्रतिस्पर्धा

रास्वपाले भन्यो : मोदीलाई लेखेको भनिएको पत्र पूर्णतः नक्कली र कपोलकल्पित हो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछाने

भीडभाड गरेर फागु खेल्न नपाइने

गण्डकी – प्रतिनिधिसभा सदस्य चुनावको सम्मुखमा परेको फागु पर्व यसपालि

रास्वपाले मोदीलाई लेखेको भनिएको पत्र भाइरल, शिशिर खनाल भन्छन् – यो ‘फेक’ हो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ गतेको चुनावअघि