अवरुद्ध बेँसीशहर–चामे सडक सञ्चालनमा | Khabarhub Khabarhub

अवरुद्ध बेँसीशहर–चामे सडक सञ्चालनमा


४ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– गण्डकी प्रदेशअन्तर्गत अवरुद्ध लमजुङ–मनाङको एकमात्र बेँसीशहर–चामे सडकखण्ड सञ्चालन भएको छ । वर्षाले शुक्रबार बिहानदेखि सो खण्डका विभिन्न स्थानमा पहिरो जाँदा अवरुद्ध सडक आज दिउँसोदेखि सञ्चालन भएको हो ।

सडक डिभिजन कार्यालय दमौलीका सबइन्जिनीयर सुमन अधिकारीका अनुसार बेँसीशहर–चामे सडकमा पर्ने मस्र्याङ्दी गाउँपालिकाको स्याङ्गे, च्याम्चे र नासो गाउँपालिकास्थित सिरनतालमा झरेको पहिरो पन्छाइएसँगै सवारीसाधन आवतजावत भइरहेका छन् ।

शुक्रबार पहिरो गएको केही समयपछि सडक डिभिजन कार्यालयको स्काभेटरले सडक खुलाउने प्रयास गरे पनि असम्भव भएको र आज वर्षा नभई घाम लागेकाले सडक माथिबाट ढुङ्गा–माटोसहित पहिरो पूर्णरुपमा पन्छाइएको उनले बताए ।

पहिरो पन्छाएसँगै अन्नपूर्ण पदमार्गमा आएका पर्यटकलगायत यात्रुलाई सहज भएको मस्र्याङ्दी गाउँपालिकाका बासिन्दा भीमबहादुर गुरुङले बताए । उनले भने, “गुणस्तरीय सडक छैन, त्यहीमाथि हल्का वर्षा हुँदासमेत विभिन्न स्थानमा पहिरो गएर सडक अवरुद्ध हुन्छ, सडकमा यात्रुलाई पहिरो तथा ढुङ्गा–माटो खसेर ज्यान जाने खतरा पनि रहेको छ ।” विसं २०६९ देखि सञ्चालन भएको यस सडकखण्ड ६५ किलोमिटर छ ।

प्रकाशित मिति : ४ माघ २०७६, शनिबार  ६ : ०८ बजे

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा– झापाको बिर्तामोड– ७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

एसीसी यु-१६ सेमिफाइनलः नेपालको कसिलो बलिङ, २८ रन बनाउँदा मलेसियाले गुमायो चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

वैदेशिक रोजगारबाट फर्केर केराखेती 

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका– १४ फूलबारी एचगाउँका पुष्पराज भण्डारीले व्यावसायिक

म्याग्दीको दरखोलामा झोलुङ्गे पुल निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका– ३ मुना फलीयागाउँ र दर जोड्ने

मनसुनजन्य विपद् : विगतमा के भयो, के सिकियो ?

काठमाडौं– नेपालमा विगत १० वर्षको अवधिमा मनसुनजन्य विपद्का घटनाहरू तीव्र