राजेश पायलले आस्थालाई भनेः शाहरुखको कट्टु पनि चेक भएको थियो, तिमी रुन्ची नबन ! « Khabarhub

राजेश पायलले आस्थालाई भनेः शाहरुखको कट्टु पनि चेक भएको थियो, तिमी रुन्ची नबन !


४ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक राजेश पायल राईले आस्था राउतलाई ‘धेरै रन्ची’ नबन्न आग्रह गरेका छन् ।

विमानस्थलमा महिला प्रहरीसँगको विवादका कारण गायिका राउत यतिबेला चर्चामा रहेकी छिन् ।

विमानस्थल प्रहरीले आफूमाथि दुर्व्यवहार गरेको भन्दै प्रहरीमाथि आक्रोशपूर्ण टिप्पणी गर्दै समाजिक सञ्जालमा भिडियो लाइभ गरेपछि राउतको पक्ष र विपक्षमा वहस भइरहेको छ । शुक्रवार(हिजो) विमानस्थलमा राउत र महिला प्रहरीबीच भएको विवादको सीसीटीभी फुटेज सार्वजनिक भएसँगै झन् यो प्रकरण चर्चामा रहेको हो ।

सीसीटीभी फुटेज बाहिरिएसँगै राउतले फेरि लाइभ गर्दै रोएकी थिइन् । आफूले कुनै गल्ती नगरेको भन्दै रुँदै लाइभमा आएपछि यसबारे कलाकार, गायक गायिकासहितका विभिन्न क्षेत्रका मानिसहरुले प्रतिक्रिया जनाइरहेका छन् ।

यसैक्रममा गायक राजेश पायल राईले विमानस्थलमा जाँच गर्नु प्रहरीको अधिकार रहेको भन्दै राइले माया लिनले घृणा पनि सहनुपर्ने बताएका छन् । सामाजिक सञ्जालमा एक पोस्ट गर्दै उनले सेलिब्रेटीमाथि चेक जाँच स्वभाविक भएको बताए । भारती सुपरस्टार शाहरुख खानलाई विमानस्थलमै कट्टु नै खोल्न लगाएको भन्दै जाँच गर्नु प्रहरीको अधिकार भएको बताएका छन् ।

तर उनले राउत र प्रहरी दुबै सुध्रनु पर्ने जनाएका छन् ।

यस्तो छ गायक राजेशपायलको स्टाटस

एर्पोर्ट मा साहरुख खानलाई त झन कट्टु मै चेक गरेको थियो त्यो उसको अधिकार हो  । अब रह्यो पुलिस ले कस्तो ब्यबहार गर्‍यो? चेकिङ मा कफी,पानी लान पाइदैन इभन वाल्लेट (मनी ब्यग ) पनि पाइदैन उनि बैनी हुन राम्री गायिका हुन अझ एक रियलिटी सो The Voice कि कोच पनि हुन आफ्नो इज्जत ठाउमा राख्नु पर्छ माया लिनेले घृणा पनि सहनु सक्नु पर्छ “तब न हामी कलाकार , उसै त हामी नाथे कलकार “
धेरै रुन्ची नबन अब तिमी ठुली भइ सक्यौ “

आस्था र एअरपोर्टमा खटिएका कर्मचारी दुबै सुध्रन आवश्यक

यो पनि पढ्नुहोस्

दीपकराज गिरीले आस्था राउतलाई भने : गल्ती तिम्रो फेसबुक लाइभले गर्यो !

फेरि भिडियो लाइभमा आइन् आस्था राउत, रुँदै मागिन् माफी

गायिका आस्था राउतविरुद्ध अभद्र व्यवहारको उजुरी

भिडियोमा हेर्नुस्, विमानस्थलमा आस्था राउत र प्रहरीबीच के भएको थियो ?

आस्था राउतको बयान: महिला प्रहरीले झोलामा कफी खन्याइदिन्छु भन्दै विमानस्थलमै न्याँकिन्

प्रहरीले ‘तँ’ भनेको भन्दै आस्था राउतले पोखिन् आक्रोश, विवादपछि हटाइन् भिडियो

प्रकाशित मिति : ४ माघ २०७६, शनिबार  ६ : २८ बजे

रविलाई सांसदबाट निलम्बन गर्न मागसहित सर्वोच्च पुग्यो रिट

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सांसद

विश्व बैंकको सहयोगमा निर्माणाधीन सडकमा ४३ प्रतिशत प्रगति

दमौली– विश्व बैंकको सहयोगमा स्तरोन्नति सुरु भएको व्यास नगरपालिकास्थित चार

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्यलाई नियुक्त गर्ने सरकारको निर्णय

काठमाडौं- सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष पदमा डिल्लीराज आचार्यलाई

तीन ऐन संशोधन गर्न बनेका विधेयक संसदमा पेश गर्न स्वीकृति दिने सरकारको निर्णय

काठमाडौं- सरकारले तीन वटा ऐन संशोधन गर्न बनेका विधेयक संघीय

पुरातत्वका पूर्वइन्जिनियरसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा, ६४ करोडको ठेक्कामा सवा ४ करोड घुस

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुरातत्व विभागका तत्कालीन सिनियर डिभिजनल