अपराधीले टाउको उठाउने मौका पाउँदैनन् : महानिरीक्षक खनाल « Khabarhub

अपराधीले टाउको उठाउने मौका पाउँदैनन् : महानिरीक्षक खनाल


४ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अपराधीले टाउको उठाउने मौका नपाउने बताएका छन् ।

तनहुँको भानु नगरपालिका–२ नारेश्वरटारमा इलाका प्रहरी कार्यालय भानुको शनिवार भवन शिलान्यास गर्दै महानिरीक्षक खनालले अपराध र अपराधी समृद्ध मुलुक निर्माण अभियानको बाधक भएकाले अपराधीलाई सजाय दिन प्रहरी प्रतिबद्ध रहँदै आएको बताए ।

समुदाय–प्रहरी साझेदारी अभियानअनुसार प्रहरी अगाडि बढेको र उक्त अभियानले शान्ति सुरक्षा कायम र अपराध नियन्त्रणमा महत्वपूर्ण योगदान पुर्‍याएको महानिरीक्षक खनालको भनाइ थियो । विकास निर्माणका लागि सुरक्षा स्थिति सुदृढ बनाउने बताउँदै महानिरीक्षक खनालले भने, “विकास निर्माण र शान्ति सुरक्षा एक अर्काका पुरक हुन्, विकास निर्माणमा अवरोध हुन दिन्नौं ।”

महानिरीक्षक खनालले समाजमा सुरक्षा प्रदान गर्ने प्रहरी आफैँ सुरक्षित हुनुपर्ने भएकाले जीर्ण रहेका प्रहरी कार्यालयको भवन निर्माणलाई तीव्रता दिइएको बताए । प्रहरी कार्यालयलाई पूर्वाधारयुक्त र सुविधा सम्पन्न बनाउन नयाँ प्रहरी कार्यालय भवन निर्माणलाई समेत अगाडि बढाइएको उनको भनाइ छ ।

कार्यक्रममा भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले नागरिक र प्रहरीको सहकार्यले अपराध न्यूनीकरण र शान्ति सुरक्षा कायम गर्न सम्भव रहेको बताए । प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले आम नागरिकसँग प्रत्यक्ष सम्बन्ध राख्ने प्रहरीको कार्यसम्पादनमा निर्माण हुन लागेको भवनले सहयोग पुग्ने बताए ।

रु दुई करोड ६८ लाख ३६ हजार १२२ को लागतमा निर्माण हुन लागेको भवन २०७७ पुस २६ गतेसम्म सम्पन्न हुने जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए ।

प्रकाशित मिति : ४ माघ २०७६, शनिबार  ९ : ४८ बजे

वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु

झापा – मेचीनगर नगरपालिका–१० धुलाबारीमा निर्माणाधीन होटलबाट खसेर आज एक

मन्त्री गुप्ताले भने : अफवाह र अनर्गल आरोपबाट देशको भलो हुँदैन

काठमाडौं – युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आफ्नो अमेरिका

कांग्रेस विशेष महाधिवेशनमा जुलुसका लागि छ वटा रुट, यस्तो छ तालिका

काठमाडौँ- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन पुस २७ र २८

एनआरएनएले भन्यो : मन्त्री गुप्तालाई औपचारिक रूपमा नै आमन्त्रण गरिएको हो

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए)ले युवा तथा खेलकुद मन्त्री