पूर्वी पहाडी भू-भागमा वर्षा हुने, यस्तो रहनेछ तीन दिनको मौसम « Khabarhub

पूर्वी पहाडी भू-भागमा वर्षा हुने, यस्तो रहनेछ तीन दिनको मौसम


६ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालको माथिल्लो वायुमण्डलमा पश्चिमी वायु तथा पूर्वी भू-भाग नजिक न्यून चापिय क्षेत्रको असर रहेको जनाएको छ ।

पश्चिमी वायुको प्रभावले देशका अधिकांश पहाडी स्थानहरूमा आंशिक बदली र केहि स्थानमा तुवालो पनि लागेको छ महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज पूर्वी पहाडी भू-भागका केही क्षेत्रमा वर्षाकाे सम्भावना रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

फागुन ०६ गते (मंगलबार)

दिउँसोः देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ। पूर्वी पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

रातिः देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ। पूर्वी र मध्य पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

फागुन ०७ गते (बुधबार)

दिउँसोः देशभर सामान्य बदली रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

रातिः देशभर सामान्य बदली रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

फागुन ०८ गते (विहीबार)

दिउँसोः देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

रातिः देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  ७ : ४६ बजे

विद्युतीय प्रसारण लाइनको तार मुनीको जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं – सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य

आईसीसी वरीयतामा बुमराहको छलाङ : कुन खेलाडी कहाँ छन् ?

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा भारतीय खेलाडी सधैँ अगाडि छन्।

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

चितवन– मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार