गगन थापाको अनुपस्थितिबीच कांग्रेस केन्द्रीय समितिमा पेश भए दुईवटा प्रस्ताव « Khabarhub

गगन थापाको अनुपस्थितिबीच कांग्रेस केन्द्रीय समितिमा पेश भए दुईवटा प्रस्ताव


६ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक ललितपुरको सानेपामा जारी छ। दुई दिनअघि सभापति पदबाट राजीनामा दिएका गगनकुमार थापा बैठकमा अनुपस्थित छन्।

थापा अनुपस्थित रहेपछि सभापतिको कुर्सी खाली राखेर बैठक सञ्चालन गरिएको छ। बैठकको नेतृत्व उपसभापति विश्वप्रकाश शर्माले गरिरहेका छन्।

प्रतिनिधिसभा निर्वाचनको समीक्षा र भावी रणनीति तय गर्ने उद्देश्यले बोलाइएको बैठकमा दुईवटा प्रस्ताव पेश गरिएको छ।

शुक्रबार दिउँसोदेखि सुरु भएको बैठकमा थापाको राजीनामाबारे छलफल गर्ने र प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक समीक्षा गर्ने प्रस्ताव प्रस्तुत गरिएको हो।

बैठकमा पेश गरिएका प्रस्तावहरूमा पहिलो, सभापति गगनकुमार थापाले दिएको राजीनामासम्बन्धी विषय र दोस्रो, प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रारम्भिक समीक्षा समेटिएको छ।

बैठकमा नेताहरूबीच चुनावी परिणामको विश्लेषण र पार्टीको आगामी दिशा तयबारे छलफल भइरहेको बताइएको छ।

बैठकका प्रस्ताव :
१. नेपाली कांग्रेसका केन्द्रीय सभापति श्री गगनकुमार थापाले सभापति पदबाट दिनु भएको राजीनामा सम्बन्धमा ।

२. प्रतिनिधि सभा सदस्य निर्वाचन– २०६२ को सम्बन्धमा प्रारम्भिक समीक्षा ।

प्रकाशित मिति : ६ चैत्र २०८२, शुक्रबार  ३ : १४ बजे

रुस, युक्रेन र अमेरिकाबीच अबु धाबीमा वार्ता हुने सम्भावना

मस्को- रुस, युक्रेन र संयुक्त राज्य अमेरिकाबीच आगामी नोभेम्बरमा संयुक्त

जलवायु परिवर्तनले हिउँ चितुवाको बासस्थानमा ह्रास

काठमाडौँ- दुर्लभ हिउँचितुवाको संरक्षणका निम्ति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित २३

विगतका कमीकमजोरी सुधार्दै पार्टीलाई बलियो र एकताबद्ध बनाउछौँ : अजयबाबु

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री अजयबाबु शिवाकोटीले विगतका कमीकमजोरीहरूलाई सुधार

३,१५६ पाउन्डको फर्सीले विश्व कीर्तिमान बनाउने सम्भावना

हाफ मुन बे (क्यालिफोर्निया)- अमेरिकाको रोड आइल्यान्डमा उत्पादित तीन हजार

‘स्टारी नाइट’ को आकाश जुलाई १८८९ को हुन सक्ने

केप क्यानभेरल (फ्लोरिडा)- विश्वप्रसिद्ध चित्रकार भिन्सेन्ट भ्यान गगको चित्र ‘द