ओली – नेपालको बालुवाटारमा गोप्य भेटवार्ता « Khabarhub

ओली – नेपालको बालुवाटारमा गोप्य भेटवार्ता


६ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पार्टीभित्र एक्लिदै गएको अनुभूति गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले बरिष्ठ नेता माधव कुमार नेपालसँग गोप्य भेटवार्ता गरेका छन् ।

एमसीसीको बिषयमा पार्टीभित्रको एउटा समुहले पेलेरै अगाडी बढेपछि केन्द्रीय कमिटी बैठकबाट समेत अल्पमतमा परेका ओलीले आफ्नो समिकरण बलियो बनाउन नेपालसँग सोमबार साँझ गोप्य भेटवार्ता गरेका हुन्।

भेटमा पार्टीले गर्ने निर्णयमा एकजुट भएर अघि बढ्ने तथा आपसी सहयोग आदानप्रादान गर्दै अघि बढ्ने बिषयमा नेताहरुबीच छलफल भएको छ ।

प्रधानमन्त्री ओलीको सचिवालयले अनैपचारिक भेटवार्ता भए पनि पार्टीको निर्णयमा पूर्वएमाले पंत्तिले रणनीति बनाएको अर्थमा भने बुझ्न नहुने जनाएको छ ।

पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नेपाल कर्णाली प्रदेश भेलामा कार्यकर्ता प्रशिक्षणका लागि मंगलबार विहान ८ बजे त्यसतर्फ प्रस्थान गर्नुअघि ओलीले बालुवाटारमै नेता नेपालसँग गरेको भेटलाई अर्थपूर्ण मानिएको छ ।

गत भदौ ५ गते पार्टीको सचिवालय बैठकमा चर्काचर्की भएपछि खासै सामिप्यता नदेखिएको ओली – नेपालको सम्बन्धलाई गोप्य भेटवार्ता भएपछि केही सुधारिएको अड्कलबाझी समेत गरिएको छ ।

सम्बन्ध सुधारको प्रयत्नस्वरुप ‌ओलीले यसअघि नेता नेपाललाई कात्तिक २३ मा लञ्ज मिटिङ समेत गरिसकेका छन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  १० : ३१ बजे

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ

मेसिन र औजारको पूजा पछाडि के छ रहस्य ? यस्तो छ विश्वकर्मा पूजाको धार्मिक कथा

काठमाडौँ – नेपालमा हरेक वर्ष असोज १ गते विश्वकर्मा पूजा

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भ्रमणका लागि भारत प्रस्थान

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि

जापान र एसियन गेम्सका लागि भारतको टी-२० टोली घोषणा, श्रेयस अय्यर कप्तान

काठमाडौँ – जापानविरुद्धको शृङ्खला र आगामी एसियाली खेलकुद (एसियन गेम्स)

नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

बाँके– भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले ‘जेनजी’ प्रदर्शनका क्रममा जलेर