गुण्डा नाइके सत्यमान लामा पक्राउ « Khabarhub

गुण्डा नाइके सत्यमान लामा पक्राउ


६ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘काभ्रेली समूह’को नामले कुख्यात गुण्डा समूहका सत्यमान लामा पक्राउ परेका छन् ।

महानगरीय प्रहरी बृत्त महाराजगञ्जबाट खटिएको टोलीले सत्यमानलाई सोमबार राति काठमाडौंको लाजिम्पाट क्षेत्रबाट पक्राउ गरेको हो ।

सत्यमान गण्डा नाइके दावा लामाको ‘लेखापाल’को रुपमा समेत काम गर्ने गर्दथे ।

दावा भने पछिल्लो समय नेपाल बाहिर छन् । भारतको सिक्किम र दार्जिलिङ लगायत क्षेत्रमा लुकेर बस्दै आएका दावाले पछिल्लो समय सत्यमानलाई परिचालन गरेर काठमाडौंमो आफ्नो गतिविधि सक्रिय पार्दै आएका थिए ।

सत्यमान लामा यसअघि पनि ठगी, गुण्डागर्दी र लागू औषध कारोबारको आरोपमा पक्राउ पर्दै आएका थिए । पछिल्लो समय २०७६ असारमा पनि लामा पक्राउ परेका थिए । त्यसअघि २०७५ असारमा पक्राउ परेका सत्यमानलाई सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद नवीना लामाले छुटाएकी थिइन् ।

सोमबार भने मदिरा पिएर प्रहरीसँग विवाद गरेपछि लामा पक्राउ परेका हुन् । सोमबार बेलुकी लाजिम्पाटको सांग्रिला होटेलमा मदिरा सेवन गरेका लामाले प्रहरीसँग विवाद गरेका थिए ।

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  १० : ४६ बजे

नागढुंगा–सिस्ने खोला सुरुङमार्ग : शिलान्यासदेखि उद्घाटनको तयारीसम्म (तस्बिरहरू)

काठमाडौँ– काठमाडौँ र धादिङलाई जोड्ने गरी निर्मित नागढुंगा–सिस्ने खोला सुरुङ

विश्वकपमा चम्किएका केप भर्डेका गोलकिपर भोजिन्हा चिलीको क्लबमा अनुबन्‍ध

काठमाडौँ – फिफा विश्वकप २०२६ मा उत्कृष्ट प्रदर्शन गर्दै चर्चामा

ढिस्कोले पुरिएर एक किशोरको मत्यु

दाङ– दाङको राजपुर गाउँपालिकामा ढिस्कोले पुरिएर एक किशोरको मृत्यु भएको

बैतडी ट्राफिक प्रहरीले संकलन गर्‍याे १२ लाख ९८ हजार राजस्व

सुदूरपश्चिम– बैतडी ट्राफिक प्रहरीले एक हजार ५०८ जना सवारी नियम

डा. केसीको अनशन: आज सरकारसँग वार्ता हुँदै

काठमाडौँ – धनगढीमा सत्याग्रह गरिरहेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीसँग