राम्रो स्कृिप्टको खोजीमा छौं: निर्देशक केसी « Khabarhub

राम्रो स्कृिप्टको खोजीमा छौं: निर्देशक केसी


६ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नरेश कुमार केसीले फिल्म ‘निभ्न लागेको दियो’ निर्देशन गरेर चर्चा बटुले । हिमाली भेगको एक कथालाई उनिएको यो फिल्मले कैयन् फेस्टिभलमा सहभागिता जनायो । समीक्षकले रुचाएका यी निर्देशकले बनाएको दोस्रो फिल्म ‘रोमियो एण्ड मुना’ भने आशा गरिए अनुरुप चलेन ।

यो फिल्मको असफलतापछि निर्देशक केसीले नयाँ फिल्म बनाउन आँट गरिरहेका छैनन् । बरु उनी राम्रो स्किृप्टको खोजीमा छन् । हालै एक भेटका क्रममा निर्देशक केसीले सुनाए, ‘हामी नयाँ स्किृप्टको खोजीमा छौं, तर भनेजस्तो कथा नै पाइरहेका छैनौं ।’

उनले आफूले झण्डै २ दर्जन फिल्मको स्किृप्ट पढेको र चित्तबुझ्दो कथा नपाएको बताए ।

खबरहबसँगको भेटमा उनले भने, ‘राम्रो स्किृप्ट पायो भने फिल्म बनाउने हो, निर्माता हुनुहुन्छ तर राम्रो कथा पाइएन, नेपालमा राम्रो स्किृप्ट लेख्ने लेखकको कमी छ ।’

केसीले फिल्म ‘रोमिमो एण्ड मुना’ मा पनि नयाँ प्रयोग गर्न खोजेका थिए । चेतन, अचेतन र अवचेतन मनलाई बुझाउने गरी निर्माण गरेको फिल्मलाई आम दर्शकले रुचाएनन् । फिल्मले समीक्षा पनि औसत पायो । पछिल्लो समय भने निर्देशक केसीले फरक र स्तरीय फिल्म बनाउने सोचमा छन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  १२ : १६ बजे

बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै

नेपालगञ्ज– बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै जान थालेको छ

नागरिक आवास कार्यक्रम रकम कटौति भएपछि…

भोजपुर– सङ्घीय सरकारले बजेट नदिएपछि भोजपुरको रामप्रसाद राई गाउँपालिकाले सुरक्षित

उच्च पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

उम्मेदवारका लागि खाता सञ्चालन गरिदिन राष्ट्र बैंकलाई आयोगको पत्राचार

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनको उम्मेदवारका लागि बैङ्किङ खाता

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा हिमपात भएको भएको छ । गतभदौदेखि वर्षात् नभएको