खरिपाटीको क्वारेन्टाइन क्षेत्रमा स्थानीयका लागि सरकारले शुरु गर्‍यो घरदैलो अभियान « Khabarhub

खरिपाटीको क्वारेन्टाइन क्षेत्रमा स्थानीयका लागि सरकारले शुरु गर्‍यो घरदैलो अभियान


६ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनको कोरोना प्रभावित क्षेत्रबाट ल्याइएका १ सय ७५ जना नेपाली राखिएको भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइन क्षेत्रमा सरकारले घरदैलो अभियान शुरु गरेको छ ।

खरिपाटीमा क्वारेन्टाइन स्थल बनाउन शुरु गर्दादेखि नै आफूहरुमा भाइरसको संक्रमण फैलिने त्रासमा स्थानीयले विरोध गरीरहेकाले जिल्ला प्रशासन कार्यालय भक्तपुरले घरदैलो अभियान शुरु गरेको हो ।

प्रमुख जिल्ला अधिकारी होमकला पाण्डेको नेतृत्वमा सहायक प्रमुख जिल्ला अधिकारी दिलीप लामिछाने, महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधान, नेपाली सेना वीरदल गणका गणपति महासेनानी शिव पौडेल, सशस्त्र प्रहरी गुहेश्वरी गण दुवाकोटका सशस्त्र प्रहरी उपरीक्षक विश्वराज भट्टराईलगायत संयुक्त सुरक्षाकर्मीको टोली यतिबेला भक्तपुरको स्थानीयको घर–घरमा पुगेर कोरोना भाइरसको विषयमा सचेतनामूलक अभियान गरीरहेका छन् ।

घरदैलो अभियानमा खटिएकाहरुले खरिपाटी, बाँसघारी क्षेत्रका बासिन्दालाई कोरोना भाइरसको जोखिम न्यूनीकरण, बच्ने उपाय र क्वारेन्टाइनमा रहेका नेपालीको सुरक्षित अवस्थाका बारेमा जानकारी गराउँदै हिडेको छ ।

स्थानीय सरकारले खरिपाटी क्षेत्रका बासिन्दामा कोरोनाको त्रास कम गराउन स्थानीयकै लागि छुट्टै हेल्थ डेस्क समेत स्थापना गरिएको छ ।
खरिपाटी क्षेत्रका स्थानीयका लागि राखिएको हेल्थ डेस्कमा दैनिक निःशुल्क स्वास्थ्य जाँच एवं औषधि वितरणको व्यवस्था समेत गरिएको छ ।

चीनको उहानबाट फर्काएर खरिपाटीस्थित क्वारेन्टाइनमा राख्दा सङ्क्रमणको त्रासले स्थानीयवासीले घर छाड्न थालेपछि सरकारले स्थानीयवासीलाई त्रासबाट मुक्त बनाउन र दैनिक जीवनयापनमा सहज बनाउन घरदैलो अभियान शुरु गरिएको महासेनानी शिव पौडेलले बताए ।

सरकारले आफुहरुलाई सचेतना नै नदिइ क्वारेन्टाइन स्थाल बनाउदा आफुहरु त्रासमा रहेको स्थानीय राजाराम भण्डारीले बताए ।

सरकार आफैँले यहाँका बासिन्दालाई आतङ्कित बनायो, लुकेर क्वारेन्टाइन बनाउँदा यो समस्या आएको हो, शुरुमै यहाँका जनतालाई तथ्य कुरा जानकारी गराएको भए, चेतना अभिवृद्धि गरेको भए र स्थानीयवासीसँग बेलाबेलामा अन्तरक्रिया गरेको भए कुनै पनि विरोध आउँदैनथ्यो,’ भण्डारीले भने, ‘अब घरदैलो कार्यक्रम दिएर ढिलै भनेपनि सचेतना दिन आउनुभएको छ । स्थानीयको त्रास अब कम हुन्छ ।’

सरकारले खरिपाटीका स्थानीयलाई सचेतना अभियान शुरु गरेपछि यसअघि बिरोध जनाएका स्थानीयहरु खुसी भएका छन् । सरकारले चीनको उहानबाट उद्धार गरेर ल्याएका १ सय ७५ जनालाई खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणमा बनाइएको क्वारेन्टाइनमा राखेको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  १२ : २७ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर