गुगल क्रोम असुरक्षित, यसकारण चोरिन सक्छ तपाईको डाटा « Khabarhub

गुगल क्रोम असुरक्षित, यसकारण चोरिन सक्छ तपाईको डाटा


६ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  गुगल क्रोम वेब ब्राउजरमा डाटा असुरक्षित रहेको तथ्य फेला परेको छ ।

हालसालै गुगलले आफ्नो वेब स्टोरबाट ५ सय खतरनाक एक्सटेन्शनलाई हटाएको छ । यी क्रोम एक्सटेन्शनहरुले अट्याकरहरुका लागि ब्राउजर डाटा चोरी गर्ने टूलको रुपमा काम गर्दै आएका थिए ।

यी एक्सटेन्शन्स माल्भटाइजिग र एड फ्रड कम्पनीको हिस्सा थिए । गुगल क्रोमको वेब स्टोरमा जनवरी २०१९ देखि रहेका ती एक्सटेन्शनहरु सन् २०१७ देखि नै सक्रिय हुँदै आएका थिए ।

सिस्कोको डुओ सेक्योरिटी र सेक्योरिटी रिसर्चर जमीला कायाले गरेको संयुक्त अनुसन्धानमा यी एक्सटेन्शनहरुमध्ये ७० क्रोम एक्सटेन्सनहरु १७ लाख प्रयोगकर्ताले इन्सटल गरेको पाइएको छ ।

लगत्तै सिस्कोले यसको जानकारी गुगललाई दिएको थियो । यससँगै पछि ४३० अरु खतरनाक एक्सटेन्सनहरु पनि पाएको थियो ।  हाल यी सबैलाई डिएक्टिभेट गरिदिएको छ ।

यस प्रकारका एक्सटेन्सनहरुले प्रयोगकर्ताको बानि व्यबहारको पनि निगरानी गरेर अट्याकरहरुलाई सूचना पठाउँने गरेको थियो ।

यसैकारण ह्याकरहरुले प्रयोगकर्ताको जानकारीलाई संकलन गरेर यसैको माध्यमबाट उनिहरुको प्राइभेट डाटा समेत चोरी गर्नसक्ने खतरा बढेपछि गुगलले खतरनाक भनिएका सबै एक्टेन्सन हटाएको हो ।

 

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  १ : ०८ बजे

हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चबारे गृहमन्त्रीको जवाफ- ‘बढीमा २० करोड भयो’

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले हेलिकप्टर उद्धारका लागि अर्बौँ रुपैयाँ खर्च

हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो

मनाङ– मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिमलुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेकामध्ये

एआईको प्रयोगलाई लिएर उर्वशी रौतेलाको कडा कदम, मागिन् ७० अर्ब क्षतिपूर्ति

काठमाडौं– एआई प्रविधि मनोरञ्जन क्षेत्रमा तीव्र रूपमा प्रवेश गरिरहेका बेला

कांग्रेसमा गगनलाई टक्कर दिने विषयमा तैँ चुप मै चुप, अरु पदमा प्रतिस्पर्धा हुने

काठमाडौं– गत पुस अन्तिममा विशेष महाधिवेशन गरेर कांग्रेसको सभापति बनेका