ढोका फोरेर चोरी गर्दै गरेको अवस्थामा २ जना लुटेरा पक्राउ « Khabarhub

ढोका फोरेर चोरी गर्दै गरेको अवस्थामा २ जना लुटेरा पक्राउ


६ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुर प्रहरीले घरको कोठा तोडेर चोरी गर्दै गरेको अवस्थामा २ जना लुटेराहरुलाई पक्राउ गरेको छ ।

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–२ सानोठिमीमा डेरा गरी बस्ने सिन्धुपाल्चोकको साँगागढी घर भएकी २० वर्षीय जुनु श्रेष्ठको कोठामा चोरी गरिरहेको अवस्थामा २ जनालाई पक्राउ गरेको हो

महानगरीय प्रहरी बृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले २ जना लुटेराहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ताप्लेजुङको चिडिउवा घर भइ काठमाडौं बस्ने पूजन लिम्बु र काभ्रे घर भइ काठमाडौंको डल्लु बस्ने अनिल तामाङ छन् ।

प्रहरीका अनुसार उनीहरुले खुकुरी र छिनो लगायतका सामग्री प्रयोग गरी कोठाको ढोका फोरेर लुटपाट गर्न थालेका थिए ।

प्रहरीले पक्राउ परेका लिम्बुको साथबाट १ थान छिनो तथा नगद ५ हजार ३ सय १५ रुपैयाँ एवम् तामाङको साथबाट १ थान खुकुरी र नगद १५ हजार ५ सय रुपैयाँ बरामद गरेको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  १ : ०८ बजे

हाम्रो पात्रो प्रयोगकर्ताद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड २५ लाख सहयोग

काठमाडौं– नेपालमा हालै गएको विनाशकारी विपद्‌बाट प्रभावित परिवार तथा समुदायको राहत,

इरान-अमेरिका तनाव चुलिँदा इन्धनको मूल्यमा चर्को वृद्धि

वाशिङ्टन डीसी- इरानले हर्मुजको जलमार्गबाट पास हुन खोज्ने एक दर्जनभन्दा

कानुन मन्त्री गौतमले झूट बोलेपछि सांसदहरू आक्रोशित, राष्ट्रिय सभामा रोकिएका विधेयक देखाउन चुनौती

काठमाडौं- संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाका सांसदहरूले कानुन, न्याय

जलवायु न्यायको आवाज अन्तर्राष्ट्रिय मञ्चमा उठाउन सांसदहरूको माग

काठमाडौं – राष्ट्रियसभाका सदस्यहरूले जलवायु परिवर्तनका कारण रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट

सरकार समयमै गम्भीर नभए गरिब जनता महँगीको मारमा पर्ने निश्चित छ : सांसद अधिकारी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद् लिमा अधिकारीले भोटेकोशी बाढीका