बुर्किना फासोमा भएको आक्रमणमा २४ जना मारिए « Khabarhub

बुर्किना फासोमा भएको आक्रमणमा २४ जना मारिए


६ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वागाडुगू– अफ्रिकी मुलुक बुर्किना फासोमा रहेको एक प्रोटेष्टेन्ट गिर्जाघर नजिक बन्दुकधारीको समूहले गरेको आक्रमणमा कम्तीमा २४ जना मारिएका छन् । नाइजरसँग सीमा जोडिएको याघा प्रान्तस्थित पान्सी गाउँमा रहेको गिर्जाघरमा बन्दुकधारीले आक्रमण गरेका हुन् ।

आक्रमणमा मारिनेमा गिर्जाघरका पादरी समेत रहेको जनाइएको छ । मारिनेमा इसाईसहित इस्लाम धर्मावलम्बी समेत रहेको अधिकारीले जनाएका छन् । त्यसबाहेक आक्रमणकारीले अरु तीनजनालाई अपहरण गरी भागेका थिए । आक्रमणमा अरु १८ जना घाइते भएका छन् ।

२० जनाको समूहमा आएका आक्रमणकारीले उक्त गिर्जाघरनजिकै मानिसहरुको समूहबाट महिला र पुरुषलाई छुट्याएको र पुरुषको समूहलाई लक्षित गरी गोली प्रहार गरेका थिए । त्यसपछि आक्रमणकारीले गाउँमा लुटपाट मच्चाएका थिए ।

लुटपाटका क्रममा उनीहरुले स्थानीय पसलबाट तेल र खानेकुरा लुटेर लगेका थिए । यसक्रममा उनीहरुले लुटिएको सामान लादेर लैजानका लागि तीनजना युवालाई समेत अपहरण गरेका थिए ।

आक्रमणमा घाइते भएकाहरुको घटनास्थलबाट १८० किलोमिटर टाढा रहेको अस्पतालमा उपचार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । साहारा मरुभूमिको दक्षिणी किनारमा रहेको बुर्किना फासोमा यसअघि पनि यस्तै किसिमका आक्रमणहरु हुँदै आएका छन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  १ : ४५ बजे

फ्लाईदुबईका पाँच यात्रुलाई ‘वीरता पुरस्कार’ घोषणा

जेरुसेलम– इजरायली राष्ट्रपति आइज्याक हर्जोगले बिहीबार पाँच इजरायली यात्रुलाई ‘वीरता’

पूर्वसभापति देउवालाई महाधिवेशन उद्घाटनका लागि आग्रह गरिसक्यौँ : प्रवक्ता चालिसे

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले आइतबारबाट सुरु हुने पार्टीको

बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट

काठमाडौं– बजाजले पल्सर एनएस सिरिजका लागि रविन्द्र ढाँटलाई ब्रान्ड एम्बेसडर

साल्ट ट्रेडिङ कर्पोरेशनलाई तीन लाख जरिवाना

काठमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐनविपरीत कसुर

दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौं– संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ दक्षिण सुडानमा खटिएका