बालुवाटार जग्गा प्रकरण : सर्वोच्चद्वारा जिल्ला न्यायाधीशको रिट खारेज « Khabarhub

बालुवाटार जग्गा प्रकरण : सर्वोच्चद्वारा जिल्ला न्यायाधीशको रिट खारेज


६ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा प्रतिवादी बनाइएका चितवन जिल्ला अदालतका न्यायाधीश विनोदकुमार गौतमले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।

कानून सेवाको उपसचिवको रुपमा तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्रालयमा कार्यरत रहँदा बालुवाटारको सरकारी जग्गामा बाटो लगायतका पूर्वाधार बनाउने कार्यमा आफू निर्णयकर्ताको भूमिका नरहेकाले आफूविरुद्ध लगाइएको मुद्दा खारेजीका माग गर्दै जिल्ला न्यायाधीश गौतमले माघ २९ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

२०६६ वैशाखदेखि २०६८ साउनसम्म भौतिक योजना तथा निर्माण मन्त्रालयमा कानून सचिवका रुपमा कार्यरत गौतमले बालुवाटारमा सडक तथा बाटो विस्तार गर्ने सम्बन्धमा राय दिएका थिए ।

गौतमले २७ फागुन २०६६ मा प्रधानमन्त्री, प्रधानन्यायाधीश तथा सभामुखको निवास रहेको बालुवाटारको सरकारी जग्गामा बाटो विस्तार तथा सम्भार गर्ने सम्बन्धमा आफ्नो राय दिएका थिए ।

सोही आधारमा अख्तियारले गौतमविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको हो । अख्तियारले उनीविरुद्ध ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ बिगो कायम गर्दै बिगोअनुसार जरिवाना र ११ वर्ष कैद सजाय मागदाबी गरेको थियो ।

तर, गौतमले भने आफू न्यायाधीश भएकाले अख्तियारले प्रतिवादी बनाउन नसक्ने जिकिर गर्दै न्याय परिषदबाट छानबिन हुनुपर्ने र अख्तियारले लगाएको अभियोग खारेजका लागि अन्तरिम आदेश जारी गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

माघ २९ गते दर्ता भएर दोस्रो पटक पेशीमा चढाइएको रिटमाथि सोमबार सुनुवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीश डा मनोजकुमार शर्माको इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो । शर्माको इजलासले गौतमको रिट खारेज हुने फैसला समेत सुनायो ।

सर्वोच्चले रिट खारेज गरेसँगै जिल्ला न्यायाधीश गौतममाथिको निलम्वन यथावत रहने भएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  २ : ४५ बजे

अपर म्याग्दी-१ को सुरुङ ‘ब्रेक थ्रु’

म्याग्दी – त्रिपन्न दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत्

एसीसी प्रिमियर कपको सेमिफाइनलमा ओमानविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको

एसीसी प्रिमियर कप: सेमिफाइनलमा ओमानसँग भिड्दै नेपाल, कस्तो छ ‘हेड टु हेड रेकर्ड’ ?

काठमाडौँ – मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको

राष्ट्रिय सभामा प्रधानमन्त्री वालेन्द्रले मानव अधिकार आयोगको प्रतिवेदन पेश गर्ने

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बिहीबार बस्दैछ ।

भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता : दुई जनाको मृत्यु

ललितपुर – रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा