शेयर बजारमा झिनो अंकको सुधार « Khabarhub

शेयर बजारमा झिनो अंकको सुधार


६ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साप्ताहिक कारोबारको तेस्रो दिन मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचक  झिनो अङ्कले मात्रै उकालो लागेको छ । सोमबार उच्च अङ्कले बढेको बजार मंगलबार केही सुस्ताएर झिनो अङ्कले मात्रै वृद्धि भएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्सेमा १.७७ ले वृद्धि भई एक हजार ४००.०१ मा पुगेको छ । लामो समयपछि नेप्सेले १ हजार ४०० माथि पुगेको हो ।

यस्तै, सेन्सेटिभ परिसूचक १.०९ ले वृद्धि भई २९४.९५ मा पुगेको छ । नेप्सेमा झिनो सुधार देखिए पनि कारोबार रकम भने २ अर्ब माथि पुगेको छ । कूल १८१ कम्पनीका ५४ लाख ६८ हजार ४८३ कित्ता शेयर २ अर्ब १२ करोड ५९ लाख ७७ हजार ३४ बराबरको कारोबार भयो ।

नेप्सेमा अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज पाँच उपसमूहको मात्रै शेयर उकालो लाग्दा सात उपसमूहको शेयर भने ओरालो लागेको छ । बैंकिङ ७.५३, व्यापार २.९५, विकास बैंक १४.५५, उत्पादन ३०.७५ र सामूहिक लगानी कोष ०.२ विन्दुले बढेको छ । यस्तै होटल ३३.२६, जलविद्युत् १७.६२, वित्त ५.८५, निर्जीवन बीमा ११.१५, अन्य २.३५, लघुवित्त १३.१ र जीवन बीमा ४५.९३ ले घटेको छ ।

कारोबारका आधारमा आज एनआइसी एशिया बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु १० करोड ६५ लाख १५ हजार ६६२ बराबरको कारोबार भयो । यस्तै एनएमबी बैंक रु नौ करोड ५९ लाख १६ हजार ७३, हिमालयन डिस्टिलरी रु नौ करोड १४ लाख ९३ हजार ७६२, शिवम् सिमेन्ट रु सात करोड ५६ लाख ६९ हजार ४९१, नेपाल लाइफ इन्सुरेन्स कम्पनी रु छ करोड ९५ लाख ८६ हजार ६२८, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक रु छ करोड ६१ लाख ७१ हजार ५७३ बराबरको कारोबार गरी शीर्ष स्थानमा रहे ।

कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक ९.८७, घलेम्दी हाइड्रो ९.५२, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक ७.१७, माउन्टेन हाइड्रो ४.३०, राष्ट्रिय बीमा कम्पनी ४.२४ र बोटलर्स नेपाल तराईका शेयरधनीले ४.१८ प्रतिशतले कमाए । लक्ष्मी लघुवित्त वित्तीय संस्था ५.६८, पाँचथर पावर कम्पनी ४.५१, सेन्ट्रल फाइनान्स ३.८४, गुह्येश्वरी मर्चेन्ट बैंक ३.६७ र नेपाल फाइनान्सका शेयरधनीले ३.६४ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  ४ : ११ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्