पूर्वयुवराज पारसले दिए सोनिकालाई ‘हार’ उपहार ! « Khabarhub

पूर्वयुवराज पारसले दिए सोनिकालाई ‘हार’ उपहार !


६ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – केही समययता नजिक भएका पूर्वयुवराज पारस शाह र मोडल तथा भिजे सोनिका रोकायाको प्रेमसम्बन्ध रहेको चर्चा चल्ने गर्छ । तर, सोनिकाले भने पारससँग प्रेममा नभएको दाबी गर्दै आएकी छिन् ।

यतिबेला भने मोडल सोनिकाले आफ्नो जन्मदिन मनाएको भिडियो युट्युबमार्फत शेयर गरेपछि फेरि एकपटक सामाजिक सञ्जाल तातेको छ ।

सोनिकाको जन्मदिनमा ‘स्पेशल गेस्ट’ बनेर पुगेका पारसले सोनिकालाई हार उपहार दिएका छन्, उक्त हार हिराको भएको सामाजिक सञ्जालमा टिप्पणी गरिएको छ ।

तर, सोनिकाले भने उक्त हार हिराको हो या के को हो भन्ने बताउन चाहिनन् । खबरहबको प्रश्नमा सोनिकाले भनिन्, ‘सबै सेतो देखिने हिरा नहुन पनि सक्छ, पारस सरकारले आफ्नो लेभलअनुसार गिफ्ट गर्नुभयो ।’

कतिपय मिडियाले ‘डलर’ कमाउने उद्देश्यले हिराको हार उपहार दिएको भन्दै समाचार बनाएको समेत उनले आरोप लगाइन् । ‘दिदीले पनि मलाई औंठी दिनुभएको थियो, तर त्यो कुरा किन मिडियामा आएन ?,’ उनको प्रश्न थियो ।

जन्मदिनको कार्यक्रममा पुगेका पूर्वयुवराज पारसले सोनिकालाई चुम्बन गरेका थिए । यस्तै सोनिकाले पनि पारसलाई चुम्बन गरेको सोनिका आफैले अपलोड गरेको भिडियोमा देखिन्छ । यो भिडियो सार्वजनिक भएपछि सोनिका र पारसको निकटतालाई लिएर फेरि चर्चा हुन थालेको छ ।

त्यसो त सोनिका र पारस पछिल्लो समय धेरैपटक एकसाथ देखिएका छन् ।

उनको जन्मदिनमा अन्य केही कलाकारको पनि उपस्थिति थियो । जन्मदिनमा भावुक बनेकी सोनिकाले पत्रकारलाई भने बोलाएकी थिइनन् । उनले भनिन्, ‘पत्रकारले मेरो बारेमा नराम्रो मात्र लेख्छन्, डलर कमाउनका लागि त्यस्तै भिडियो बनाएर हाल्छन्, त्यसैले बोलाइनँ ।’

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  ५ : ४८ बजे

जनकपुरका पोखरी अतिक्रमण हटाउन डोजर, घरटहरा हटाउने अभियान सुरु

जनकपुरधाम- जनकपुरधामका पोखरी तथा गुठीको जग्गा अतिक्रमण गरी बनाइएका घर

गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’

गुल्मी– गुल्मीको धुर्कोट गाउँपालिकाले ऐतिहासिक धुर्कोटकोट र बुढीकोटलाई जोड्ने गरी

कांग्रेसका मतभेद पार्टी कार्यालयमै संवादबाट समाधान गर्नुपर्छ : उपसभापति शर्मा

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र देखिएका समस्या र

आयुर्वेद सेवामा बढ्दै आकर्षण, ३४ हजार लाभान्वित

दमौली– प्रदेश आयुर्वेद चिकित्सालय तनहुँले आर्थिक वर्ष २०८२-८३ मा ३४

बैजनाथमा किशोरी लक्षित रक्तअल्पता जाँच

राँझा– बैजनाथ गाउँपालिकाले किशोरीहरूमा देखिने रक्तअल्पता (एनिमिया) नियन्त्रणका लागि जिल्लामा