प्रधानमन्त्री ओलीको ‘कोरोनरी एन्जियोग्राफी’ परीक्षण, रिपोर्ट सामान्य « Khabarhub

प्रधानमन्त्री ओलीको ‘कोरोनरी एन्जियोग्राफी’ परीक्षण, रिपोर्ट सामान्य


६ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रोपटक मृगौला प्रत्यारोपणको तयारी स्वरुप मंगलबार मुटुको ‘कोरोनरी एन्जियोग्राफी’ परीक्षण गरिएको छ।

त्रिवि शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा ओलीको नियमित स्वास्थ्य परिक्षणस्वरुप मुटुको ‘कोरोनरी एन्जियोग्राफी’ गरिएको मुटुरोग विषेशज्ञ डा अरुण सायमीले जानकारी दिए।

अस्पताल स्रोतका अनुसार उनको कोरोनरी एन्जियोग्राफी परीक्षणको रिपोर्ट सामान्य रहेको छ ।

प्रधानमन्त्री ओलीले चाँडै मिर्गौला प्रत्यारोपण गर्ने यस अघि नै बताइसकेका कारण प्रत्यारोपण गर्न अहिले स्वास्थ्य अवस्था ठिक छ वा छैन भन्नेबारे जानकारी लागि कोरोनरी एन्जियोग्राफी गरिएको अस्पताल स्रोतले बताएको छ ।

कोरोनरी एन्जियोग्राफीको रिपोर्ट सामान्य देखिएसँगै अब उनले चाँडै  मिर्गौला प्रत्यारोपण गर्नेछन् ।

प्रधानमन्त्री ओलीको लामो समयदेखि मिर्गौंलाको डायलाइसिस गरिँदै आएको छ। प्रधानमन्त्री ओलीको गत मंसिर १० गते एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  ६ : ५५ बजे

एसीसी प्रिमियर कप फाइनल : टस जितेर युएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले टस

पोखरा बसपार्क क्षेत्रका सुकुम्बासी हटाउने प्रक्रिया आइतबारदेखि अघि बढ्दै

कास्की – पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा लामो

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध भिड्दै नेपाल, कस्तो छ ‘हेड टु हेड’ ?

काठमाडौँ – तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ २७ गते शनिबार सन् २०२६