पाकिस्तानमा आत्मघाती विष्फोट, ७ जना मारिए « Khabarhub

पाकिस्तानमा आत्मघाती विष्फोट, ७ जना मारिए


६ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद– पाकिस्तानको क्वेट्टा शहरमा गराइएको आत्मघाती बम आक्रमणमा कम्तीमा ७ जना मारिएका छन् ।

बलोचिस्तान प्रान्तको राजधानी शहर रहेको क्वेटामा एक राजनीतिक ¥यालीलाई लक्षित गरी आत्मघाती आक्रमण गराइएको अधिकारीले जनाएका छन् ।

अहल ए सुन्नत वाल जमात नामक समूहले आयोजना गरेको ¥यालीमा भएको विष्फोटमा अरु २५ जना घाइते भएका छन् । यस समूहको संलग्नता कट्टर साम्प्रदायिक गुटसँग रहेको जनाइएको छ ।

¥यालीनजिक मोटरसाइकलमा आएको आत्मघातीलाई प्रहरीले ¥याली भइरहेको स्थानमा जान रोकेको र उसले त्यहीँ विष्फोट गराएको अधिकारीलाई उद्धृत गर्दै अल जजिराले जनाएको छ ।

आक्रमणको जिम्मा हालसम्म कुनै पनि समूहले लिइसकेको छैन । यद्यपि बलोचिस्तान प्रान्तमा यसअघि विभिन्न लडाकु एवं आतंककारी समूहले सार्वजनिक तथा सैनिक निशानालाई लक्षित गरी यस्ता आत्मघाती आक्रमण गराउँदै आएका छन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  ७ : ४५ बजे

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका

विगतमा धक्का खाए पनि दुई तिहाइ ल्याउन सक्छौँ : केपी ओली

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा

काठमाडौँमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी प्रहरी परिचालन

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौंले बडादशैँ, तिहार र छठ