सेनाको तीन दिने पृतनापति समन्वयात्मक बैठक सम्पन्न « Khabarhub

सेनाको तीन दिने पृतनापति समन्वयात्मक बैठक सम्पन्न


६ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेनाको तीन दिने पृतनापति समन्वयात्मक बैठक सम्पन्न भएको छ ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको उपस्थितिमा गत आइतबारबाट शुरु भएको तीन दिने ‘पृतनापति समन्वयात्मक बैठक प्रधानसेनापति पूर्णचन्द्र थापाले समापन गरेका हुन् ।

काठमाडौंस्थित जङ्गी अड्डामा आयोजित समन्वयात्मक बैठकमा सेनाका विविध कार्यहरुको प्रगति समीक्षा, मुल्याङ्कन र विश्लेषण बारे छलफल भएको सेनाले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

बैठकमा वर्तमान वस्तुस्थिति, भविष्यमा आइपर्न सक्ने सुरक्षा चुनौती एवं सुझाव संकलन लगायतका बारेमा पनि छलफल भएको सेनाले जनाएको छ ।

बैठकको समापन गर्दै प्रधानसेनापति पूर्णचन्द्र थापाले संगठनमा प्रणालीको विकास गरी आन्तरिक व्यवस्थापनको पक्षलाई पारदर्शी र प्रभावकारी बनाउन प्रयोगमा ल्याइएका संयन्त्र तथा नीति नियमका बारेमा जानकारी गराएका थिए ।

नियमित रुपमा सञ्चालन हुने यस किसिमका बैठकले सेनाको नीति तथा योजना निर्माणमा थप सहयोग पुग्ने नेपाली सेनाले विश्वास लिएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  ८ : ३६ बजे

ट्रम्पलाई भेट्न सी बुधबार अमेरिका जाने

बेइजिङ- चीनका राष्ट्रपति सी जिन्पिङले यसै साता अमेरिकी राष्ट्रपति डोनाल्ड

उद्योगमन्त्रीको जवाफ- ‘क्विक रेस्पोन्स टिम’ बनाएका छौँ, ग्यास अभाव हट्दै जान्छ

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक कुमार साहले ग्यास आपूर्ति

भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन

काठमाडौं– भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन गरिएको छ । 

ओलीले प्रतिवेदनमै भने : कसैले बेमौसमी बाजा बजाउँदैमा नेतृत्व छाड्दिनँ (पूर्णपाठसहित)

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

एमाले बैठकमा ओलीको सिन्डिकेट : सहभागी नेताहरू भन्छन् ‘यस्तो अवस्था देखेको थिएन’

काठमाडौं- करिब छ महिनापछि बसेको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा